
आदिस आबाबा, १७ असोज । इथियोपियामा तीनदिने राष्ट्रिय शोक सोमबारबाट सुरु भएको छ । एक धार्मिक पर्वको क्रममा सरकारविरोधी समूह र प्रहरीबीच भएको झडपमा ५२ जनाको मृत्यु भएपछि सो तीनदिने राष्ट्रिय शोक घोषणा गरिएको राज्यद्वारा नियन्त्रित सञ्चार माध्यमले जनाएको छ ।
सरकारी संस्थाहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने, नियमित रेडियो कार्यक्रमहरुमा राष्ट्रिय शोकको धुनहरु बजाउने सञ्चार माध्यमहरुले जानकारी दिएको छ ।
राजधानी आदिस आबाबानजिकैको बिसोफ्तु नगरमा ओरोमो समूदायको इरिचा (वर्षात्को मौसम सकिएपछि मनाइने एक स्थानीय पर्व) चलिरहेका बेला सो घटना भएको इथियोपियाली सरकारी सञ्चार माध्यमले जनाएको छ ।
स्थितिलाई नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास र लाठीचार्जसमेत गरेको बताइएको छ । सो स्थानमा ठूलो सङ्ख्यामा जम्मा भएका व्यक्तिबीच डराएर कराउँदै भागदौड चल्दा उनीहरुको मृत्यु भएको प्रान्तीय सरकारद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
यो हिंसामा गैरजिम्मेबार समूहको हात रहेको क्षेत्रीय सरकारको आरोप छ । घटनास्थलमा गोली प्रहार भएको पनि बताइएको छ ।
प्रतिपक्षी दलका अध्यक्ष मेरेरा गुदिनाका अनुसार यस घटनामा मारिएका भनी सरकारीस्तरबाट भएको पुष्टि भन्दा यर्थाथमा अझ बढी व्यक्तिको मृत्यु भएको छ ।
“सरकारस्तरबाट सङ्कलन भइरहेको शवहरु एक सयभन्दा बढी भएको आफूले प्रत्यक्ष रुपमा देखेको गुदिनाले बताउनुभएको छ ।
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
गायिका सुमिना लो तामाङलाई ‘योगिता मोक्तान प्रतिभा पुरस्कार’
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम