
काठमाडौँ, १७ असोज । पञ्चकन्या तेजले कलर्स एक्स फ्याक्टर्सलाई पराजित गर्दै एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको अन्तिम खेलमा पञ्चकन्याले कलर्सलाई ४० रनले पराजित गर्दै सो उपाधि हात पारेको हो । उपाधिसँगै पञ्चकन्याले पुरस्कार स्वरुप रु पाँच लाख प्राप्त गरें ।
प्रतियोगितामा टस जितेर पहिले ब्याटिङ गरेको पञ्चकन्याले २० ओभरमा चार विकेट गुमाउँदै १७१ रनको योगफल तयार गरयो । जवाफी ब्याटिङमा उत्रेका कलर्सले १७ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १३१ रनको योगफल मात्र बनाउन सकें ।
पञ्चकन्याको जितमा आशिफ शेखले सतक बनाए । ६४ बल खेलेको शेखले अविजित १११ रनको योगदान दिए । उनले सात चौका र आठ छक्का प्रहार गरेका थिए । त्यस्तै पञ्चकन्याका अर्का ब्याट्सम्यान आरिफ शेखले २३ रन जोडे ।
कलर्सका अभिनाश कर्ण, अमर रौतेला, सञ्जम रेग्मी तथा योगेन्द्र सिंह कार्कीले १, १ विकेट लिए । यता कलर्सका लागि भने ज्ञानेन्द्र मल्लले ४७, राजेश पुलामीले ३७ तथा हरिशङ्कर शाहले १४ रन जोडे ।
कसर्ललाई सस्तैमा समेट्ने क्रममा पञ्चकन्याका करण केसीले तीन, सुशील कँडेल र शरद भेषावकरले २, २ विकेट लिए भने भुवन कार्की र दीपेन्द्र सिंह ऐरीले १, १ विकेट लिए ।
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
गायिका सुमिना लो तामाङलाई ‘योगिता मोक्तान प्रतिभा पुरस्कार’
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम