
काठमाडौँ, १५ असोज । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले आजदेखि काठमाडौँ– कोलम्बो (श्रीलङ्का) को सिधा उडान सुरु गरेको छ ।
कतारको दोहा दैनिक उडान भर्दै आएको हिमालयले दोस्रो गन्तव्यका रुपमा कोलम्बो उडान भरेको हो ।
हिमालय एयरलाइन्सको एयरबस ३२० सिरिजको नाइन एन एएलएएन कलसाइन भएको जहाजले बिहान ११ः३० बजे ३१ यात्रु बोकेर कोलम्बो गएको हिमालय एयरलाइन्सका वाणिज्य महाप्रबन्धक राजु केसीले राससलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार आजै फर्कने उक्त जहाजले कोलम्बोबाट १०२ यात्रु लिएर फर्कनेछ । सुरुको उडान भएकाले आज थोरै यात्रु भए पनि विस्तारै यात्रु सङ्ख्या बढ्ने महाप्रबन्धक केसीले बताउनुभयो ।
श्रीलङ्काबाट बढी पर्यटक भित्र्याउने लक्ष्यसहित हिमालयले सेवा सुरु गरेको जनाएको छ । हिमालयले हप्ताको तीन दिन प्रत्येक मङ्गलबार, बिहीबार र शनिबार कोलम्बोमा उडान भर्नेछ । उडान तालिका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११.३० बजे उड्ने र दिउँसो ३.१५ बजे कोलम्बोमा अवतरण हुनेछ भने अपराह्न ४.१५ मा कोलम्बोबाट उडेर बेलुकी ८.१५ बजे काठमाडौँ आइपुग्नेछ ।
सन् २०१६ भित्रै पाँच गन्तव्यमा उडान भर्ने तयारी गरेको एयरलाइन्सले भारतको नयाँदिल्ली, साउदी अरबको दमाम र बर्मामा पनि उडान सुरु गर्नेछ भने अर्को वर्ष चीनका विभिन्न गन्तव्यमा उडान भर्ने जनाएको छ ।
हाल १५८ सिट क्षमताको एक मात्र एयरबस रहेको हिमालयले आगामी अक्टोबरभित्र थप अर्को एयर बस भित्र्याइ नयाँ गन्तव्यमा उडान भर्ने जनाएको छ ।
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक