
काठमाडौँ, १५ असोज । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले आजदेखि काठमाडौँ– कोलम्बो (श्रीलङ्का) को सिधा उडान सुरु गरेको छ ।
कतारको दोहा दैनिक उडान भर्दै आएको हिमालयले दोस्रो गन्तव्यका रुपमा कोलम्बो उडान भरेको हो ।
हिमालय एयरलाइन्सको एयरबस ३२० सिरिजको नाइन एन एएलएएन कलसाइन भएको जहाजले बिहान ११ः३० बजे ३१ यात्रु बोकेर कोलम्बो गएको हिमालय एयरलाइन्सका वाणिज्य महाप्रबन्धक राजु केसीले राससलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार आजै फर्कने उक्त जहाजले कोलम्बोबाट १०२ यात्रु लिएर फर्कनेछ । सुरुको उडान भएकाले आज थोरै यात्रु भए पनि विस्तारै यात्रु सङ्ख्या बढ्ने महाप्रबन्धक केसीले बताउनुभयो ।
श्रीलङ्काबाट बढी पर्यटक भित्र्याउने लक्ष्यसहित हिमालयले सेवा सुरु गरेको जनाएको छ । हिमालयले हप्ताको तीन दिन प्रत्येक मङ्गलबार, बिहीबार र शनिबार कोलम्बोमा उडान भर्नेछ । उडान तालिका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११.३० बजे उड्ने र दिउँसो ३.१५ बजे कोलम्बोमा अवतरण हुनेछ भने अपराह्न ४.१५ मा कोलम्बोबाट उडेर बेलुकी ८.१५ बजे काठमाडौँ आइपुग्नेछ ।
सन् २०१६ भित्रै पाँच गन्तव्यमा उडान भर्ने तयारी गरेको एयरलाइन्सले भारतको नयाँदिल्ली, साउदी अरबको दमाम र बर्मामा पनि उडान सुरु गर्नेछ भने अर्को वर्ष चीनका विभिन्न गन्तव्यमा उडान भर्ने जनाएको छ ।
हाल १५८ सिट क्षमताको एक मात्र एयरबस रहेको हिमालयले आगामी अक्टोबरभित्र थप अर्को एयर बस भित्र्याइ नयाँ गन्तव्यमा उडान भर्ने जनाएको छ ।
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?