
काठमाडौँ, १४ असोज । मिडिया नेपालका केन्द्रीय सदस्य तथा पत्रकार कृष्ण खनालमाथि अज्ञात समूहद्वारा भएको साङ्घातिक हमलाको राप्रपा नेपालले घोर निन्दा एवम् भत्र्सना गरेको छ ।
सहप्रवक्ता मोहन श्रेष्ठले बिहीबार एक विज्ञप्ति प्रकाशित गरी राप्रपा नेपालले बुधबार राति ललितपुरको ग्वार्कोमा उहाँमाथि भएको क्रूर र अमानवीय आक्रमणको जति निन्दा गरे पनि कम हुने र प्रेसजगत्ले निर्बाध ढङ्गबाट काम गर्न पाउनुपर्नेमा सदा जोड दिँदै आएको बताउनुभएको छ ।
बी एन्ड बी अस्पतालको सघन उपचार कक्षमा उपचाररत खनालको शीघ्र स्वास्थ्य लाभको कामना गर्नाका साथै घटनाका दोषी पत्ता लगाई अविलम्ब कारबाही गर्न, क्षतिपूर्ति दिलाउन तथा पत्रकार खनालको उपचारको व्यवस्था गर्न पनि राप्रपा नेपालले सरकारसँग माग गरेको छ ।
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?