
काठमाडौँ, १४ असोज । मिडिया नेपालका केन्द्रीय सदस्य तथा पत्रकार कृष्ण खनालमाथि अज्ञात समूहद्वारा भएको साङ्घातिक हमलाको राप्रपा नेपालले घोर निन्दा एवम् भत्र्सना गरेको छ ।
सहप्रवक्ता मोहन श्रेष्ठले बिहीबार एक विज्ञप्ति प्रकाशित गरी राप्रपा नेपालले बुधबार राति ललितपुरको ग्वार्कोमा उहाँमाथि भएको क्रूर र अमानवीय आक्रमणको जति निन्दा गरे पनि कम हुने र प्रेसजगत्ले निर्बाध ढङ्गबाट काम गर्न पाउनुपर्नेमा सदा जोड दिँदै आएको बताउनुभएको छ ।
बी एन्ड बी अस्पतालको सघन उपचार कक्षमा उपचाररत खनालको शीघ्र स्वास्थ्य लाभको कामना गर्नाका साथै घटनाका दोषी पत्ता लगाई अविलम्ब कारबाही गर्न, क्षतिपूर्ति दिलाउन तथा पत्रकार खनालको उपचारको व्यवस्था गर्न पनि राप्रपा नेपालले सरकारसँग माग गरेको छ ।
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश