बर्लिन (जर्मनी), १३ असोज । सिरियामा जारी द्वन्द्वले युरोपलगायत विश्वका धेरै मुलुकलाई प्रभावित पारेको र हालै अलेप्पोमा सिरियाली सरकारद्वारा गरेको हवाई आक्रमण जर्मन चान्सलर एन्जेला मर्केलले बिहीबार बताउनुभएको छ ।
उहाँले युद्धबिरामले विश्व समुदायमा ठूलो आशा सिर्जना गरिरहेका बेला रसियाको समर्थनमा सिरिया सरकारद्वारा प्राचीन सहर अलेप्पोमा आक्रमण हुँदा यसले विश्वलाई निरास बनाएको मर्केलको भनाई थियो ।
सिरियाली सहर अलेप्पो क्षेत्रमा पछिल्लो समय भएका हवाई आक्रमण सिरियाली भूभागमा भएका केही हृदयविदारक घटनामध्येको एक भएको टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले बताउनुभएको छ । यसलाई नियन्त्रण गर्न रसियाको भूमिका रहनुपर्ने उहाँको भनाई थियो ।
सन् २०११ मा सुरु भएको सिरियाली द्वन्द्वका कारण करिब तीन लाख मानिसको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क छ । द्वन्द्वका कारण सिरियाको आधा जनसङ्ख्या विस्थापित बनेको छ ।
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?