
काठमाडौँ, १३ असोज । सबै सदस्य राष्ट्रको सहभागिता सुनिश्चित हुने गरी चाँडोभन्दा चाँडो सार्क शिखर सम्मेलन आयोजना गर्नेतर्फ सहज वातावरण तयार गर्न नेपालले आह्वान गरेको छ ।
सार्कको अध्यक्ष राष्ट्रको हैसियतले आज विज्ञप्ति जारी गरी परराष्ट्र मन्त्रालयले आयोजक राष्ट्रका तर्फबाट आवश्यक वातावरण बनाउन पहल हुने विश्वास व्यक्त गर्दै वर्तमान अध्यक्षको हैसियतले नेपालले आफ्नातर्फबाट पूरा गर्नुपर्ने भूमिका निर्वाह गर्न तयार रहेको स्पष्ट पारेको छ ।
नेपालले सार्क शिखर सम्मेलन अनिश्चितकालसम्म स्थगन हुनु सार्क सदस्य राष्ट्रको हितमा नहुने समेत उल्लेख गरेको छ । आगामी कात्तिक २४ र २५ गते पाकिस्तानको इस्लामाबादमा हुने तय भएको १९ औँ सार्क शिखर सम्मेलनमा चार सदस्य राष्ट्रले सहज वातावरण नभएका कारणबाट सफलतापूर्वक सम्मेलन सम्पन्न हुन नसक्ने भन्दै सहभागिता जनाउन नसक्ने जानकारी गराएपछि नेपालको यस्तो भनाइ आएको हो ।
सार्कको परम्परामा एक सदस्य राष्ट्रले मात्र भाग लिन नसक्ने जानकारी गराएको अवस्थामा पनि शिखर सम्मेलन आयोजना हुन नसक्ने प्रावधान छ ।
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक