
काठमाडौँ, १२ असोज । परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति प्रकाशित गरी पाकिस्तानको इस्लामावादमा आगामी कात्तिक २४ र २५ गते आयोजना गरिन लागिएको दक्षिण एसियाली क्षेत्रीय सहयोग सगंठन(सार्क)को १९ औँ शिखर सम्मेलनमा अफगानिस्तान, बंगलादेश, भूटान र भारत सहभागी नहुने जनाएको छ । ती सदस्य राष्ट्रहरुले वर्तमान दक्षिण एसियाको क्षेत्रीय परिस्थिति असहज भएका कारण देखाउँदै शिखर सम्मेलनमा सहभागी नहुने बताइएको छ ।
मन्त्रालयले पछिल्लो यस घटनालाई गम्भीरताका साथ लिएको उल्लेख गरेको छ ।
नेपाल सरकारले वर्तमान सार्कको अध्यक्षका हैसियतले ती सार्क सदस्य राष्ट्रहरुलाई १९औँ सार्क शिखर सम्मेलनमा सार्कको बडापत्रलाई मनन गर्दै सहभागी हुने वातावरण सिर्जना गर्न आग्रह गरेको छ ।
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?