
आगामी सार्क शिखर सम्मेलनमा नेपाल सरकार र सबै सार्क राष्ट्रका सरकारहरुलाई सुझाव दिने उद्देश्यले बिहीबारबाट काठमाडौँमा सुरु हुने ‘सार्कको क्षेत्रीय सम्मेलनको प्रभावकारीता’ शीर्षकमा दुईदिने क्षेत्रीयस्तरको सम्मेलनबारे बुधबार पत्रकारसँग कुरा गर्दै संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापति प्रभु साहलगायत । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, १२ असोज । अन्तर्राष्ट्रियस्तरमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को प्रभावकारितालाई कसरी अभिवृद्धि गर्ने भन्ने विषयमा केन्द्रित भई काठमाडौँमा दुईदिने सम्मेलन हुने भएको छ ।
बिहीबारदेखि सुरु हुने सम्मेलनमा नेपालसहित यसका सदस्य राष्ट्र भारत, बङ्गलादेश, भुटान, श्रीलङ्का, मालदिभ्स, अफगानिस्तान, पाकिस्तानका विधायिका, राजनीतिज्ञ, कूटनीतिज्ञ तथा सञ्चारकर्मीको सहभागिता रहनेछ ।
सम्मेलनमा पाँच विषयमा सात वटा कार्यपत्र सम्मेलनमा प्रस्तुत हुने व्यवस्थापिका–संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिद्वारा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
सन् २०१४ मा काठमाडाँैमा सम्पन्न सार्कको १८आँै शिखर सम्मेलनबाट नेपालले सार्कको अध्यक्षता ग्रहण गरेको थियो । आगामी सार्क सम्मेलन पाकिस्तानको इस्लामावादमा हुँदैछ ।
अध्यक्ष मुलुकको नाताले नेपालले आगामी दिनमा सार्कलाई यस क्षेत्रबाट गरिबी निवारण, आतङ्कवाद नियन्त्रण, आर्थिक समृद्धिका क्षेत्रमा अझ प्रभावकारी भूमिका खेल्न सम्मेलनले सुझाव दिने सम्मेलन आयोजक समितिका सदस्य एवम् नेपाली काँङग्रेसका नेतृ सुजाता कोइरालाले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
संसदीय समितिद्वारा सार्क स्थापनाको तीन दशकमा पहिलो पटक आयोजित सो सम्मेलनका क्रममा यस क्षेत्रका संसद्अन्तर्गतका अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति सम्मिलित संयन्त्रसमेत बनाइने प्रस्तावसमेत गरिएको छ ।
पाँच कार्यपत्र प्रस्तुत हुने क्रममा पाँच जना पूर्वउपप्रधानमन्त्री सुजाता कोइराला, भीम रावल, नारायणकाजी श्रेष्ठ, कमल थापा र विजयकुमार गच्छदारले अलगअलग रुपमा अध्यक्षतासमेत गर्नुहुने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
सम्मेलनमा भाग लिन सबै विशिष्ट अतिथि काठमाडौँ आइसक्नुभएको र सम्मेलनको तयारी सबै पूरा भएको समितिले जनाएको छ । अन्तर्राष्ट्रिय मञ्चमा सार्क कतै ओझेलमा पर्न थालेको त होइन भन्ने स्थितिलाई चिर्न सम्मेलनले सहयोग पु¥याउने नेत्री कोइरालाले बताउनुभयो ।
समितिका सभापति प्रभु साहले आगामी सार्क सम्मेलनलाई प्रभावकारी र फलदायी बनाउन सम्मेलनले महत्वपूर्ण सुझाव सरकार प्रमुखलाई दिने जानकारी दिनुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहालले सम्मेलनको उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ ।
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक