
न्युयोर्क (अमेरिका), ११ असोज । अमेरिकाको न्युयोर्कमा ग्यास चुहावट नियन्त्रण गर्न पुगेका एक अग्नी नियन्त्रकको मङ्गलबार विस्फोटमा परी मृत्यु भएको छ ।
घरभित्र ग्यास चुहावट भएपछि अग्नी नियन्त्रकलाई खबर गरिएको र चुहावट नियन्त्रण गर्ने क्रममा ‘ब्रोङ्स’ विस्फोट भएपछि मृत्यु भएको अग्नी नियन्त्रक विभाग न्युयोर्कले जनाएको छ ।
ग्यास चुहावट भएको ठाउँमा औषधिसम्बन्धी रसायन स्टोर रहेको पाइएपछि अग्नी नियन्त्रकले यसबारे प्रहरीलाई खबर गरेका थिए । लगत्तै उक्त घरमा विस्फोट भएको थियो ।
अग्नी नियन्त्रणका लागि पुगेका र घटनामा सामान्य घाइते भएका पाँच जना अधिकारीलाई अस्पताल भर्ना गरिएको छ ।
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?