
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रेस सेन्टर नेपाल चितवन शाखाले बुधबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै । तस्बिर ः नारायण ढुंगाना, रत्ननगर (चितवन), रासस
चितवन, १२ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले दसँैंअघि नै संविधान संशोधनको प्रस्तावको तयारीमा सरकार लागेको बताउनुभएको छ ।
प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस विषयमा प्रमुख प्रतिपक्षी एमालेसहितका दलसँग छलफल भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो “नेकपा (एमाले)सँग पनि छलफल भइसकेको छ, राष्ट्रिय सहमतिमै संविधान संशोधनको प्रस्ताव पेस हुन्छ ।”
मधेसी मोर्चासँग हिजो भएको छलफलमा पनि यो विषय जानकारी गराएको प्रधानमन्त्री दाहालले उल्लेख गर्नुभयो । उहाँले संविधान कार्यान्वयन र संशोधन सँगसँगै अघि बढ्ने कुरा मधेसवादी दललाई आफूले जानकारी गराएको बताउनुभयो ।
इलाकालाई आधार मानेर स्थानीय निकायको गठन गर्ने विषयमा मन्त्रिपरिषद्ले निर्णय गरेसँगै स्थानीय निकायको निर्वाचनका लागि सहज भएको उहाँको भनाइ थियो ।
चैत मसान्तभित्र स्थानीय निकायको निर्वाचन गर्नपर्ने भन्दै त्यसका लागि युद्धस्तरमा काम गरिने उहाँले बताउनुभयो । दलहरुको सहमतिमै २०७४ माघसम्ममा तीन तहको निर्वाचन गर्नका लागि सरकार लागिपरेको प्रधानमन्त्री दाहालको भनाइ थियो ।
टिकापुर घटनाका आरोपीलाई कारबाही फुकुवा गर्ने विषयमा छलफल मात्रै भइरहेको उहाँले बताउनुभयो । आफू पहिलोपटक प्रधानमन्त्री हुँदा सोचेजति काम गर्न नसकेको बताउँदै उहाँले यसपटक संविधान कार्यान्वयन सँगसँगै विकासको गतिलाई तीव्रता दिने बताउनुभयो ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय आफ्नै पहलमा स्थापना भएको भन्दै प्रधानमन्त्री दाहालले त्यहाँ देखिएका समस्या समाधानमा आफू सकारात्मक रहेको बताउनुभयो ।
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक