काठमाडौ। पूर्व युवराज पारस शाह लागू औषधसहित थाइल्यान्डमा तेस्रो पटक पक्राउ परेका छन्। स्थानीय सञ्चार माध्यमहरुले गाँजासहित पक्राउ परेका पारसको हत्कडी लगाएको फोटाहरु प्रकाशित गरेका छन्। बैककस्थित नेपाली दूतावासले पनि पारस पक्राउको बारेमा स्थानीय प्रहरीले अवगत गराएको जनाएको छ।
शुक्रबार शाहलाई हत्कडी लगाएको फोटोहरु स्थानीय ब्लगले प्रकाशित गरेको छ। उनको साथबाट ५.८ ग्राम गाँजा पक्राउ परेको बताइएको छ ।
पक्राउ परेको दुई दिन पछि पारसले फेसबुकमा स्टाटस राख्दै थाइ अदातलले आफूलाई सफाइ दिएको बताएका छन्। उनले लेखेका छन्- म यो आरोप अस्विकार गर्दछु। त्यसले पनि थाई प्रहरी मेरो विरुद्ध हुनसक्छ। मेरो जीवनका लागि पछिल्लो पटक जस्तो खतरा हुनसक्छ। म यहाँ बसेको कारण प्रहारी मेरो विरुद्ध नहोस भन्ने चाहन्छु।
उनले आफू विरुद्ध तीन वर्षअघि फुकेटदेखि नै षडयन्त्र भएको प्रमाण भएको दावी गरेका छन्। यसअघि पारस फुकेट र बैककबाट गाँजासहित पक्राउ परेका थिए।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग