काठमाडौँ, ११ असोज । एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा जगदम्बा राइनोजले कान्तिपुर गोर्खाजलाई पराजित गरयो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा जगदम्बाले गोर्खाजलाई ११ रनले पराजित गर्दै विजयी भएको हो । टस हारेर पहिले ब्याटिङ गरेको जगदम्बाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १२४ रनको योगफल तयार गरयो । एक सय २५ रनको विजय लक्ष्य पच्छाएको कान्तिपुर भने पूरै ओभर खेल्दै आठ विकेटको क्षतिमा ११३ रनमा सीमित रहन पुग्यो ।
जगदम्बाको जितमा सोमपाल कामीले सर्वाधिक ४४ रनको योगदान दिए । तीस बल खेलेका सोमपालले चार छक्काको सहायोगमा ४४ रन जोडेका हुन् । त्यस्तै, सुबेन्दु पाण्डेले २१, हसिम अन्सारीले १८ तथा अमित श्रेष्ठले १६ रन जोडे ।
यसैगरी, कान्तिपुरका ब्याट्सम्यान सन्दीप झोराले ४२ र अनिल शाहले २८ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् । कान्तिपुरलाई ११३ रनमा समेट्ने क्रममा जगदम्बाका शक्ति गौचन, पवन सर्राफ तथा प्रेम तामाङले समान दुई दुई विकेट लिए भने साह अलाम र सोमपाल कामीले समान एक–एक विकेट लिए ।
गायिका सुमिना लो तामाङलाई ‘योगिता मोक्तान प्रतिभा पुरस्कार’
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम