
काठमाडौँ, ९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले सबै मन्त्रालय र निकायका सचिवहरुलाई परिवर्तनलाई बोध गर्ने गरी काम गर्न निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री दाहालले गत भदौ २३ गते व्यवस्थापिका–संसद्मा सम्बोधन गर्नुभएका विषय कार्यान्वयनका बारेमा जानकारी लिन आज बोलाइएको सचिवहरुको बैठकमा उहाँले सो कुरा बताउनुभएको हो ।
उहाँले मन्त्रालयसँग सम्बन्धित नीतिगत र कार्यक्रमगत प्रगतिको जानकारी लिँदै सचिवलाई तदारुकताका साथ कामलाई तीव्रता दिन निर्देशन दिनुभएको प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले जानकारी दिनुभयो ।
बैठकले प्रधानमन्त्री दाहालको सम्बोधनका विषय कुन कुन मन्त्रालयसँग सम्बन्धित छन् भन्ने विषयमा प्रस्तुति हुनुका साथै त्यसलाई कार्यान्वयनका लागि आवश्यक पर्ने बजेटका सम्बन्धमा अर्थ मन्त्रालयले अवगत गराएको थियो ।
प्रधानमन्त्री दाहालले भाषणमा अभिव्यक्त भएका विषय र योजना कार्यान्वयनका लागि प्रतिबद्ध भएर सक्दो छिटो काम सुरु गर्न निर्देशन दिनुभएको उपप्रधानमन्त्री महराले बताउनुभयो ।
बैठकमा प्रधानमन्त्री दाहालले भूकम्पपछिको पुनःनिर्माणलाई प्राथमिकताका साथ अघि बढाउन निर्देशन दिनुभएको थियो । उहाँले जनताले अनुभूत गर्ने गरी पुनःनिर्माणको काम भएको हुनुपर्ने धारणा राख्नुभएको बैठकमा सहभागी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सचिव मधुसुदन अधिकारीले बताउनुभयो ।
प्रधानमन्त्री दाहालले पुनःनिर्माणको काम अघि बढेको भए पनि उत्साही हुनुपर्ने अवस्था नरहेकाले आजैबाट थप तीव्रताका साथ अघि बढ्न निर्देशन दिनुभएको सचिव अधिकारीले जानकारी गराउनुभयो ।
उहाँले मन्त्रालयका कार्ययोजना कार्यान्वनयका सम्बन्धमा आफूले निरन्तर र आकस्मिक ढङ्गले अनुगमन तथा निरीक्षण गर्नेसमेत बताउनुभएको थियो ।
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक