
उर्जा मन्त्री जनार्दन शर्मा आदर्श उमावि लायकू भक्तपुरमा शनिबार आयोजना भएको प्रथम सितेरियो सोबुकान खुल्ला राष्ट्रव्यापी कराँते प्रतियोगिताको उद्घाटन कार्यक्रममा भक्तपुर प्रहरी परिसरकी प्रहरी उपरीक्षक किरण बज्राचार्यलाई सम्मान गर्दै । तस्विर ः रमेश गिरी, भक्तपुर, रासस
भक्तपुर, ८ असोज । ऊर्जा मन्त्रालयले ‘नेपालको जल नेपालीकै लगानी’ भन्ने नाराका साथ नेपालीकै लगानी बढाएर ऊर्जा सङ्कट हटाउने कार्यक्रम अगाडि सारेको छ ।
आदर्श उमावि लायकुमा आज आयोजित प्रथम सितेरियो सोबुकान खुला राष्ट्रव्यापी कराँते प्रतियोगिता २०१६ को उद्घाटन कार्यक्रममा ऊर्जामन्त्री जनार्दन शर्माले सो जानकारी दिनुभएको हो ।
पुनःनिर्माणको काम पनि पूरा गर्न नेपाली खेलाडी अगाडि बढ्नुपर्नेमा जोड दिँदै उहाँले खेलकुदका क्षेत्रमा राजनीति छिर्न नहुनेमा जोड दिनुभयो ।
कार्यक्रममा मध्यपुरका समाजसेवी मदनसुन्दर श्रेष्ठले खेलका माध्यमबाट विश्व सामु नेपालीको पहिचान देखाउन खेलाडी सफल हँुदै गएकाले यस क्षेत्रमा सरकारले लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा महिला बेचबिखन रोक्न उल्लेख्य भूमिका खेलेबापत अमेरिकाबाट सम्मान पाउनुभएका भक्तपुर प्रहरी परिसरका प्रहरी उपरीक्षक किरण वज्राचार्य तथा मध्यपुर थिमिमा भैरवनाच पुनःसंचालन गर्न योगदान पुरयाउने अर्जुन श्रेष्ठ, फुटबल खेलमा योगदान दिने उपेन्द्रमान सिंँह, कराँतेका प्रमुख प्रशिक्षक सञ्जय श्रेष्ठ, मण्डेकाजी श्रेष्ठ र मुकुन्द महर्जनलाई सम्मान गरिएको थियो ।
प्रतियोगितामा काठमाडौँ उपत्यकाका भक्तपुर, ललितपुर र काठमाडौँ, काभ्रेपलाञ्चोक, चितवन, मोरङ सिन्धुली र झापाबाट सहभागी २०० खेलाडीबीच खेल हुँदैछ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने