
उर्जा मन्त्री जनार्दन शर्मा आदर्श उमावि लायकू भक्तपुरमा शनिबार आयोजना भएको प्रथम सितेरियो सोबुकान खुल्ला राष्ट्रव्यापी कराँते प्रतियोगिताको उद्घाटन कार्यक्रममा भक्तपुर प्रहरी परिसरकी प्रहरी उपरीक्षक किरण बज्राचार्यलाई सम्मान गर्दै । तस्विर ः रमेश गिरी, भक्तपुर, रासस
भक्तपुर, ८ असोज । ऊर्जा मन्त्रालयले ‘नेपालको जल नेपालीकै लगानी’ भन्ने नाराका साथ नेपालीकै लगानी बढाएर ऊर्जा सङ्कट हटाउने कार्यक्रम अगाडि सारेको छ ।
आदर्श उमावि लायकुमा आज आयोजित प्रथम सितेरियो सोबुकान खुला राष्ट्रव्यापी कराँते प्रतियोगिता २०१६ को उद्घाटन कार्यक्रममा ऊर्जामन्त्री जनार्दन शर्माले सो जानकारी दिनुभएको हो ।
पुनःनिर्माणको काम पनि पूरा गर्न नेपाली खेलाडी अगाडि बढ्नुपर्नेमा जोड दिँदै उहाँले खेलकुदका क्षेत्रमा राजनीति छिर्न नहुनेमा जोड दिनुभयो ।
कार्यक्रममा मध्यपुरका समाजसेवी मदनसुन्दर श्रेष्ठले खेलका माध्यमबाट विश्व सामु नेपालीको पहिचान देखाउन खेलाडी सफल हँुदै गएकाले यस क्षेत्रमा सरकारले लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा महिला बेचबिखन रोक्न उल्लेख्य भूमिका खेलेबापत अमेरिकाबाट सम्मान पाउनुभएका भक्तपुर प्रहरी परिसरका प्रहरी उपरीक्षक किरण वज्राचार्य तथा मध्यपुर थिमिमा भैरवनाच पुनःसंचालन गर्न योगदान पुरयाउने अर्जुन श्रेष्ठ, फुटबल खेलमा योगदान दिने उपेन्द्रमान सिंँह, कराँतेका प्रमुख प्रशिक्षक सञ्जय श्रेष्ठ, मण्डेकाजी श्रेष्ठ र मुकुन्द महर्जनलाई सम्मान गरिएको थियो ।
प्रतियोगितामा काठमाडौँ उपत्यकाका भक्तपुर, ललितपुर र काठमाडौँ, काभ्रेपलाञ्चोक, चितवन, मोरङ सिन्धुली र झापाबाट सहभागी २०० खेलाडीबीच खेल हुँदैछ ।
गायिका सुमिना लो तामाङलाई ‘योगिता मोक्तान प्रतिभा पुरस्कार’
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम