
प्रकृति सेवा प्रतिष्ठान नेपालको अगुवाइमा शुक्रबार बिहान पर्यावरण संरक्षणको माग गर्दै वीरगन्जको इनर्वास्थित भन्सार कार्यालय अगाडिको मूल सडकमै सुतेर विरोध जनाएका विद्यार्थी तथा प्रकृतिप्रेमी । तस्बिर ः बिजय कुमार महतो, पर्सा, रासस
पर्सा, ७ असोज । पर्यावरण संरक्षणको माग गर्दै प्रकृतिप्रेमी र विद्यालयका छात्रछात्राले सडकमै सुतेर विरोध जनाएका छन् ।
प्रकृति सेवा प्रतिष्ठान नेपालको अगुवाइमा आज बिहान पर्यावरण संरक्षणको माग गर्दै वीरगन्जको इनर्वास्थित भन्सार कार्यालय अगाडिको मूल सडकमै सुतेर विद्यार्थी तथा प्रकृतिप्रेमीले विरोध जनाएका हुन् ।
प्रतिष्ठानको अगुवाइमा भन्सार कार्यालय क्षेत्रमा भेला भएका सर्वसाधारण तथा प्रतिष्ठानका सदस्य र विद्यार्थीले मूल सडकमा बिहान ११ः१५ देखि ११ः३० बजेसम्म सडकमै सुती साङ्केतिक विरोध गरेका थिए ।
सबैभन्दा बढी प्रदूषण हुने वीरगन्जको भन्सार क्षेत्रका बासिन्दाको स्वास्थ्यप्रति सरोकारवाला निकायलाई गम्भीर बन्न पटक पटक लिखित तथा मौखिक आग्रह गर्दासमेत कुनै सुनुवाइ नभएपछि आज सडकमै सुती विरोध जनाएको प्रकृति सेवा प्रतिष्ठान नेपालका अध्यक्ष सरदार जशपाल सिंहले बताउनुभयो ।
वीरगन्जको शङ्कराचार्यद्वार नजिकैको दशगजा क्षेत्रमा उपमहानगरपालिकाले अव्यवस्थित रुपमा फाल्दै आएको फोहरलाई व्यवस्थापन गर्न र भन्सार क्षेत्रको सडकमा नियमित सफाइ गराउन उपमहानगरपालिका कार्यालय तथा स्थानीय प्रशासनलाई महिनौँदेखि गुहार गर्दा पनि कुनै सुनुवाइ नभएपछि बाध्य भएर स–साना नानीसहित सांकेतिक विरोध जनाएको अध्यक्ष सिंहको भनाइ छ ।
नेपालको मुख्य प्रवेशद्वारका रुपमा रहेको वीरगन्ज नाकाको दशगजा क्षेत्रमा उपमहानगरपालिकाले अव्यवस्थित रुपमा फाल्दै आएको फोहरका कारण सो क्षेत्र पूरै दुर्गन्धित भई स्थानीय बासिन्दा सहित आवतजावत गर्ने बटुवा पनि ठूलै सास्ती खेपेको जानकारी सम्बन्धित कार्यालयलाई गराउँदासमेत कुनै सुनुवाइ नभएको अध्यक्ष सिंहले गुनासो गर्नुभयो ।
प्रकृति सेवा प्रतिष्ठानले गराएको अनुसन्धानबाट जिल्लाको सबैभन्दा बढी प्रदूषित क्षेत्र नै भन्सार क्षेत्र भएको र सो क्षेत्रको सफाइका लागि दर्जनौँ पटक लिखित पत्र उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालयलाई बुझाउँदै अनुरोध गरे पनि कुनै सुनुवाइ नभएको अध्यक्ष सिंहले बताउनुभयो । उहाँले आजको सांकेतिक विरोधपछि पनि भन्सार क्षेत्रकोे समस्याप्रति स्थानीय निकाय र उपमहानगरपालिका गम्भीर नभए अब यसभन्दा पनि कडा विरोध गर्ने चेतावनी दिनुभयो ।
यसै विषयमा पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेसँग बुझ्दा उहाँले प्रतिष्ठानको विरोध प्रदर्शनलाई स्थानीय प्रशासनले सकारात्मक रुपमा लिएको र भन्सार क्षेत्रमा फालिएका फोहरलाई चाँडोभन्दा चाँडो उचित स्थानमा व्यवस्थापन गर्न उपमहानगरपालिका कार्यालयलाई निर्देशन गरिने जानकारी दिनुभयो ।
नेपालको मुख्य प्रवेशद्वारमै फोहर थुपारेर राख्दा वीरगन्ज नाकाबाट नेपाल प्रवेश गर्ने विदेशी पर्यटकमा नकारात्मक सन्देश प्रवाह हुने भएकाले फोहर व्यवस्थापन गर्न तत्काल नगरपालिकालाई निर्देशन गरिने प्रजिअ घिमिरेले प्रतिबद्धता जनाउनुभयो ।
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
होर्मुज खुलाउन इरानले मानेन
बेलायत बन्यो विश्वकै सबैभन्दा कडा धूम्रपान नियन्त्रण नीति अपनाउने देशमध्ये एक
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
बेलायतमा नेपाल पहिल्यै लोकप्रिय : राजदूत रोर्वट फेन
‘लिब्जु–भुम्जु पुरस्कार’ ऋषि र कमललाई
कोरियाबाट फर्किएका नेपाली कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग
बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो