जाकार्ता (इण्डोनेसिया), ७ असोज । इन्डोनेसियाको पश्चिमी क्षेत्रमा गत बुधवार बिहान आएको बाढी पहिरोमा परी हराइरहेका मध्ये अहिलेसम्म २७ जनाको शव भेटिएको छ ।
उद्धारकर्ताहरुले शुक्रबार दिएको जानकारी अनुसार सो बाढीपहिरोमा अझै २२ जना बेपत्ता रहेका छन् । हराएकाहरुको खोजीकार्य र पिडितहरुलाई सहयोग गर्न एउटा हेलिकोप्टर खटाइएको बताइएको छ ।
राष्ट्रिय विपद् निकायकाअनुसार बाढीपहिरोको कारण ९ सय ७१ ओटा घर भत्किएका छन् । यस प्राकृतिक प्रकोपमा परी अन्य ३२ जना घाइते भएका छन ।
सो प्रकोप प्रभावित क्षेत्रबाट विस्थापित भएका ४ सय ३३ जनालाई सरकारी भवन र सैनिक शिविरमा आश्रय दिइएको अधिकारीहरुले बताएका छन् ।
इन्डोनेसियामा हरेक बर्ष अविरल बर्षासँगसँगै बाढीपहिरोको समस्याबाट इन्डोनेसियाली पीडित हुने गरेको पाइन्छ ।
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?