
उत्तरी गोरखाको केरौँजा- ९ स्थित उहिया दोभानखण्डमा झरेको पहिरोमा परी घाइते भएकाहरुको बिहीबार काठमाडौँको बयोधा अस्पतालमा उपचार हुँदै । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, ६ असोज । मनास्लु पदमार्गको उहिया दोभानखण्डमा झरेको पहिरामा परी घाइते भएकामध्ये १४ जनाको अहिले बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ ।
अस्पताल ल्याइएका १५ घाइतेमध्ये एक विदेशीको मृत्यु भएको थियो । यसअघि चार जनाको मृत्यु भएको थियो । पहिरामा परी काठमाडौँका दोर्जे लामा र छिरिङ शेर्पा, क्यान नेपाल संस्थामा काम गर्ने ओखलढुङ्गाका रञ्जना बस्नेत र एक स्पेनीको मृत्यु भएको छ ।
घाइतेलाई इजी हेलिकोप्टरले काठमाडौँ ल्याएको थियो । पहिरामा परी १७ जना घाइते भएकामा १५ जना मात्र अस्पताल ल्याइएको थियो । तीमध्ये चार नेपाली छन् भने विदेशीको पहिचान खुलेको छैन । घाइतेमध्ये अधिकांशको टाउको र हातखुट्टामा चोट लागेको उपचारमा संलग्न अस्पतालका हाडजोर्नी विशेषज्ञ डा अभय यादवले राससलाई जानकारी दिनुभयो ।
पर्यटक पथ प्रदर्शक उत्तम राईका अनुसार बिहान करिब ९ बजे मनास्लु पदमार्गमा पर्ने उहिया दोभानमा माथिदेखि पहाड पल्टेर पहिरो झरेको थियो । घटनालगत्तै गाउँलेलाई बोलाएर उद्धार गरिएको उहाँले बताउनुभयो ।
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक