
उत्तरी गोरखाको केरौँजा- ९ स्थित उहिया दोभानखण्डमा झरेको पहिरोमा परी घाइते भएकाहरुको बिहीबार काठमाडौँको बयोधा अस्पतालमा उपचार हुँदै । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, ६ असोज । मनास्लु पदमार्गको उहिया दोभानखण्डमा झरेको पहिरामा परी घाइते भएकामध्ये १४ जनाको अहिले बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ ।
अस्पताल ल्याइएका १५ घाइतेमध्ये एक विदेशीको मृत्यु भएको थियो । यसअघि चार जनाको मृत्यु भएको थियो । पहिरामा परी काठमाडौँका दोर्जे लामा र छिरिङ शेर्पा, क्यान नेपाल संस्थामा काम गर्ने ओखलढुङ्गाका रञ्जना बस्नेत र एक स्पेनीको मृत्यु भएको छ ।
घाइतेलाई इजी हेलिकोप्टरले काठमाडौँ ल्याएको थियो । पहिरामा परी १७ जना घाइते भएकामा १५ जना मात्र अस्पताल ल्याइएको थियो । तीमध्ये चार नेपाली छन् भने विदेशीको पहिचान खुलेको छैन । घाइतेमध्ये अधिकांशको टाउको र हातखुट्टामा चोट लागेको उपचारमा संलग्न अस्पतालका हाडजोर्नी विशेषज्ञ डा अभय यादवले राससलाई जानकारी दिनुभयो ।
पर्यटक पथ प्रदर्शक उत्तम राईका अनुसार बिहान करिब ९ बजे मनास्लु पदमार्गमा पर्ने उहिया दोभानमा माथिदेखि पहाड पल्टेर पहिरो झरेको थियो । घटनालगत्तै गाउँलेलाई बोलाएर उद्धार गरिएको उहाँले बताउनुभयो ।
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?