
काठमाडौँ, ६ असोज । पत्रकारिता पेसालाई थप मर्यादित बनाउनका लागि प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासङ्घले संयुक्त रुपमा ‘पत्रकार आचारसंहिता, २०७३ जारी गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा आज प्रेस काउन्सिल नेपालको ४७औँ वार्षिकोत्सवको अवसरमा काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्की र महासङ्घ अध्यक्ष डा महेन्द्र विष्टले संयुक्त रुपमा आचारसंहिता जारी गर्नुभएको हो ।
आचारसंहिता जारी गरेपछि संयुक्त रुपमा काउन्सिल अध्यक्ष कार्की र महासङ्घ अध्यक्ष विष्टले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आचारसंहिता बुझाउनुभयो ।
आचारसंहिता जारी गर्दै काउन्सिलका अध्यक्ष कार्कीले बदलिँदो पत्रकारितासँग आमसञ्चारमाध्यम र पत्रकारलाई थप जिम्मेवार र उत्तरदायित्व बनाउनका लागि नयाँ आचारसंहिता जारी गरिएको बताउनुभयो ।
उहाँले नयाँ आचारसंहितामा अनलाइन पत्रकारितालाई समेटिएको जानकारी गराउनुभयो । “पहिलेको आचारसंहिता छापामाध्यममा बढी केन्द्रित थियो”, उहाँले भन्नुभयो – “नयाँमा छापासँगै, रेडियो टेलिभिजन र अनलाइन माध्यमलाई पनि समेटेर तयार गरिएको छ ।”
अध्यक्ष कार्कीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासहरुलाई पनि आचारसंहितामा समेटिएको जानकारी गराउनुभयो ।
नयाँ आचारसंहिता जारीसँगै पुराना ‘पत्रकार आचारसंहिता–२०६०’ (संशोधन तथा परिमार्जित, २०६४) खारेज गरिएको छ ।
नयाँ जारी गरिएको आचारसंहितामा १५ बुँदामा पत्रकारितामा निर्वाह गर्नुपर्ने कुरा उल्लेख गरिएको काउन्सिलका उपप्रशासकीय अधिकृत दीपक खनालले जानकारी गराउनुभयो ।
उहाँका अनुसार नयाँ आचारसंहितामा बालबालिका, महिला तथा पिछडिएका क्षेत्रका समाचार लेख्दा थप पालना गर्नुपर्ने र अनलाइन सञ्चारमाध्ययमले समाचार प्रकाशित गरेपछि हटाउन नपाउने नयाँ व्यवस्था गरिएको छ ।
यसैगरी प्रत्येक सञ्चारमाध्यमले आफ्नो छुट्टै आचारसंहिता बनाउन सक्ने र त्यसलाई काउन्सिलले अनुगमन गर्ने कुरा उल्लेख गरिएको छ ।
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण
दक्षिण कोरियाको राजधानी सियोलमा मनाइयो सगरमाथा दिवस
२०८३/८४ को बजेट स्वागतयोग्य, प्रभावकारी कार्यान्वयन गर्न आवश्यक : एनआरएनए
नेपाल सरकारले ल्यायो आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट
डायस्पोरिक कथासहित जानु काम्बाङको ‘खाम्योक’ उपन्यास आउँदै
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा
१३ तस्बिरमा हेर्नुहोस्, बेलायतमा आयोजित २४ औं गोर्खा कप