
काठमाडौँ, ५ असोज । नेकपा (माओवादी केन्द्र)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की र सर्वोच्च अदालतका विषयमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको भनी एक सञ्चारमाध्यममा आएको अभिव्यक्ति सत्य नभएको जनाएको छ ।
पेरिसडाँडास्थित पार्टीको केन्द्रीय कार्यालयको बैठकमा आयोग प्रमुख आयुक्त कार्की र सर्वोच्चका विषयमा पार्टी अध्यक्ष दाहालले दिएको अभिव्यक्ति भनिएर सञ्चारमाध्यममा छापिएको समाचार भ्रमपूर्ण भएको पार्टीका प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।
सञ्चारमाध्यममा आएका समाचारमा कुनै सत्यता नभएको स्पष्ट भन्दै उहाँले छापिएको समाचारप्रति खण्डन गर्नुभयो । बैठकले केन्द्रीय सचिवालयको बैठक यही असोज ८ गते बस्ने तय गरेको प्रवक्ता भुसालले जानकारी दिनुभयो । रासस
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा