
जेनेभा (स्वीट्जरल्यान्ड), ४ असोज । संयुक्त राष्ट्रसङ्घले मङ्गलबार मानवीय सहायताका लागि सिरियाको द्वन्द्व प्रभावित प्राचीन सहर पठाएका सम्पूर्ण सामानलाई फिर्ता गर्न निर्देशन दिएको छ ।
सिरियाली सरकार र विद्रोहीबीच भएको युद्धबिरामपछि राष्ट्रसङ्घले मानवीय सहायताका लागि अति आवश्यकीय सामानलाई अलेप्पोतर्फ पठाएकोमा सरकारी तथा विद्रोही पक्षबाट युद्धबिराम भङ्ग गर्दै कारबाहीलाई तीब्रता दिन थालेपछि त्यसतर्फ सामान लिएर नजान आफ्ना प्रतिनिधिलाई निर्देशन दिएको हो ।
करिब एक हप्तादेखि जारी युद्धबिरामलाई भङ्ग गर्दै मङ्गलबार गरिएको आक्रमणमा रेडक्रस सोसाइटीका एक स्थानीय प्रतिनिधिको समेत मृत्यु भएको संयुक्त राष्ट्रसङ्घका मानवीय सहायता मामिला हेर्ने संस्थाका प्रवक्ता जेन्स लार्कले बताउनुभयो ।
रेडक्रसका सिरिया उपशाखा निर्देशकको सहायता लिई जाने क्रममा मृत्यु भएको रेडक्रसका प्रवक्ता बेनोट कार्पेन्टियरले बताउनुभयो । उहाँले घटनामा २० सिरियाली नागरिकको समेत मृत्यु भएको बताइएको छ ।
युद्धविराम भङ्ग गरेको भनी लगाएको आरोपको मस्कोद्वारा खण्डन
सिरियाली सरकारी सेना र रसियाली पक्षले गराएको हवाई आक्रमणमा २० जना सर्वसाधारणसहित रेडक्रसका सिरियाका लागि निर्देशकको मृत्यु भएको भन्ने आरोपको मस्को प्रशासनले खण्डन गरेको छ ।
मानवीय सहायतासहित अलेप्पो पुगेका राष्ट्रसङ्घका सहायता प्रतिनिधिलाई लक्षित गरी रसिया वा सिरिया कसैले पनि हवाई कारबाही नचलाएको रसियाली रक्षा मन्त्रालयका प्रवक्ता इगोर कानासेनकोभलाई उद्धृत गर्दैे रसियाली समाचार संस्थाले बताएको छ ।
राष्ट्रसङ्घले सहायताका लागि अलेप्पो क्षेत्रको ओरुम अलकुब्रा गएका ३१ वटा गाडीमाथि सोमबार आक्रमण भएको बताएको छ ।
युद्धबिरामको अन्त्य भएको छैनः केरी
यसैबीच अमेरिकी विदेशमन्त्री जोन केरीले रसियाली पक्षसँगको कुराकानीपछि मङ्गलबार सिरियामा भएको युद्धबिरामको अन्त्य नभएको बताउनुभएको छ ।
न्यूयोर्क होटलबाट निस्कने क्रममा युद्धबिरामबारे पत्रकारसँग छोटो प्रतिक्रिया जनाउँदै मङ्गलबार पनि अन्तर्राष्ट्रिय सिरिया सहयोग समूहको बैठक भएको र सिरिया द्वन्द्व समाधानका लागि पुनः यसै हप्ताको अन्त्यतिर वार्ता हुने अमेरिकी विदेशमन्त्रीको भनाई थियो ।
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम