
संयुक्त राष्ट्र संघ, ३ असोज । भारत अधिनस्थ काश्मिरको उरीमा आइतबार एकजना आत्मघाती आतङ्ककारीले गरेको आक्रमणमा भारतीय सैनिकको मृत्यु भएकोमा संयुक्त राष्ट्र संघका महासचिव बान कि मूनले कडा शव्दमा निन्दा गर्नु भएको छ ।
राष्ट्रसंघीय महासचिवको कार्यालयद्वारा आइतबार प्रकाशित एक विज्ञप्तिमा उहाँले, शीघ्र नै आक्रमणकारीहरुको पहिचान हुने र अपराधीहरुलाई न्यायको कठघराभित्र ल्याइने अपेक्षा गर्नुभएको उल्लेख गरिएको छ ।
साथै, उल्लेख्य संख्यामा राष्ट्ररक्षक सैनिकहरुको एकसाथ मृत्यु भएकोमा भारत सरकारप्रति गहिरो सहानुभूति प्रकट गर्दै मृतक सेनाहरुप्रति श्रद्धान्जलि चढाउनुका साथै र उनीहरुका परिबारप्रति समवेदना व्यक्त गर्नु भएको र घाइते सैनिकहरुको शीघ्र स्वास्थलाभको कामना गर्नु भएको पनि सो विज्ञप्तिमा जनाईएको छ ।
भारत र पाकिस्तानको सीमारेखा (लाइन अफ कन्ट्रोल) मा अवस्थित विवादित काश्मिरको भारत अधिनस्थ क्षेत्रमा रहेको इलाका सैनिक कार्यालयमा गतः आइतबार एकजना आत्मघाती आतङ्ककारीले गरेको आक्रमणमा परी १७ सेनाले ज्यान गुमाउनुका साथै २० जना सैनिकहरु घाइते भएका थिए ।
सो आत्मघाती आक्रमणकारीलाई सघाउने अन्य चारजना सशस्त्र मतियारहरुलाई पहिचान गरी भारतीय सेनाले घटनास्थलमै मारिदिएका थिए । घटनास्थल, भारत अधिनस्थ काश्मिरको प्रान्तीय राजधानी सहर श्रीनगरबाट एक सय किलोमिटर पश्चिमोत्तर बरमुल्ला जिल्लाको उरी भन्ने ग्रामीण इलाकामा पर्दछ ।
विश्वमा सर्वत्र शान्ति र स्थायित्व कायम गर्नु संयुक्त राष्ट्रसंघको मूल उद्देश्य रहेको स्मरण गराउँदै महासचिव मूनले शान्ति र स्थायित्व विरोधी तत्वहरु कहिल्यै विजयी हुन नसक्ने बताउँदै वार्ता र समझदारीको मार्ग अनुसरण गरी समस्या समाधान गर्न सबै पक्षलाई आह्वान गर्नु भएको छ ।
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
होर्मुज खुलाउन इरानले मानेन
बेलायत बन्यो विश्वकै सबैभन्दा कडा धूम्रपान नियन्त्रण नीति अपनाउने देशमध्ये एक
११ देशका स्रष्टाहरु मुन्दुम पदमार्गमा, कुन देशबाट को ?