लन्डन । मोबाइलप्रेमी चालकहरुलाई एउटा अप्रिय खबर छ । बेलायत सरकारले मोबाइल चलाएर गाडी हांकेको भेटिए चालकलाई दोब्बर जरिवाना र लाइसेन्समा ६ पोइन्ट दिने तयारी गरेको छ । दि डिपार्टमेन्ट फर ट्रान्सपोर्टले आउंदो वर्ष ल्याउने अपेक्षा गरिएको उक्त कडा नियमले २०० पाउण्डसम्म जरिवाना लगाउने बीबीसीले शुक्रबार जनाएको छ । नयां चालकले मोबाइल चलाएको भेटिए पुनः परीक्षा दिनुपर्ने नियम बनाइंदैछ ।
मोबाइलकै कारण दुर्घटनामा वृद्धि भएपछि यस्तो नियम ल्याउन लागिएको हो ।
यसै साताको शुरुतिर गरिएको एउटा सर्वेक्षणमा एकतिहाइ यूके मोटरिष्टहरुले सवारी साधन हांकेका बेला फोनमा कुरा गर्ने, टेक्स्ट गर्ने वा एप चलाउने गरेको देखाएको थियो । प्रश्न सोधिएका १७ सय जनामध्ये आधा जसोले त सवारी साधन चलाउंदा फिल्म र फोटो खिच्ने गरेको बताएका थिए ।
डिपार्टमेन्ट फर ट्रान्सपोर्टको तथ्यांकमा सन् २०१४ मा बेलायतमा मोबाइल चलाएर ध्यान अन्यत्र मोडिंदा ४९२ दुर्घटना भए जसमा २१ मृत्यु र ८४ गम्भीर प्रकृतिका थिए ।
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा