काठमाडौँ, २९ भदौ । नेपाल सङ्घीयतामा गएको सङ्केत दिने गरी आज बसेको मन्त्रिपरिषद् बैठकले सातवटै प्रदेशमा उच्च अदालतको स्थान तोकेको छ ।
प्रदेशको राजधानी नतोकिँदासम्म अस्थायी रुपमा प्रदेश नं १ को विराटनगर (मोरङ), प्रदेश २ नं को जनकपुर (धनुषा), प्रदेश नं ३ को पाटन (ललितपुर), प्रदेश नं ४ को पोखरा (कास्की), प्रदेश नं ५ को तुलसीपुर (दाङ), प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को दीपालयमा उच्च अदालत राख्ने निर्णय गरिएको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।
बैठकले उच्च अदालतको इजलासलाई समेत प्रदेशअनुरुप विस्तार गरेको छ । यसअनुसार प्रदेश १ मा विराटनगर, इलाम, धनकुटा र ओखलढुंगा, प्रदेश नं २ मा राजविराज, जनकपुर र वीरगन्ज, प्रदेश नं ३ मा हेटौँडा र पाटन, प्रदेश नं ४ मा पोखरा र बाग्लुङ, प्रदेश नं ५ मा बुटवल तुलसीपुर र नेपालगन्ज, प्रदेश नं ६ मा जुम्ला र सुर्खेत तथा प्रदेश नं ७ मा महेन्द्रनगर र दीपायलमा उच्च अदालतका इजलास रहनेछन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालको बिहीबारदेखि हुने भारत भ्रमणमा दीर्घकालीन रुपका नयाँ सन्धि नगर्न र दुई देशबीचका पुराना सन्धिबाट नेपालले पाउने भनिएका लाभ नपाएको विषय उठाउन मन्त्रिपरिषद्ले सुझाव दिएको छ ।
मन्त्री कार्कीले भन्नुभयो, “महाकाली सन्धिबाट नेपालले पाउने भनिएको सिँचाइ, बिजुलीलगयात लाभ नपाएका विषय तथा दुई देशबीच यसअघि गरिएका समझदारी र आश्वासन कार्यान्वयन गरी भ्रमण फलदायी बनाउन मन्त्रिपरिषद्ले प्रधानमन्त्रीलाई सल्लाह दिएको छ ।”
त्यस्तै, बैठकले जातीय भेदभाव तथा छुवाछूत अन्त्य तथा दलित अधिकार प्रवद्र्धनसम्बन्धी कार्यविधिलाई स्वीकृति प्रदान गरेको छ । बैठकले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई तोकेको छ ।
चाडपर्वमा छुट
मन्त्रिपरिषद् बैठकले दसँै, तिहार र छठ जस्ता राष्ट्रिय चाडपर्वमा नेपाली जनतालाई राहत दिने उद्देश्यले काठमाडौँ उपत्यकाका ११ स्थान र अन्य २५ जिल्लाका विभिन्न स्थानमा साल्ट टे«डिङ र नेसनल टे«डिङबाट असोज १ गतेदेखि नुन, चिनी र चामलमा सहुलियतसहित बिक्री गर्न लगाउने निर्णय गरेको सरकारका प्रवक्ता कार्कीले बताउनुभयो ।
पहाडमा रु ९ मा प्रति केजी नुन उपलब्ध गराइने छ भने चामलमा प्रतिकिलो रु १० र चिनीमा रु पाँच छुट दिइने छ । अन्य जिल्लामा चिनीमा र चामलमा रु पाँच र नुनमा रु दुई छुट दिने निर्णय गरिएको छ ।
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम