
काठमाण्डौं । नुवाकोट तरुण दल अध्यक्षमा माधवराज अधिकारीले उम्मेदवारी दिने अन्तिम तयारी गरेका छन् । नेपाली कांग्रेसको जिल्ला देखि केन्द्रसम्म राम्रो पकड भएका अधिकारीका लागि नुवाकोटमा राम्रो माहोल बन्दै गएको स्थानीयहरुको दावी छ ।
२०५२ साल देखि ६४ सम्म अधिकारी नेपाल विधार्थी संघमा सक्रिय भूमिकामा थिए । त्यस्तै ६२, ६३ को आन्दोलनमा अधिकारीले सक्रिय नेतृत्व सम्हाले । अधिकारीले हालसम्म पार्टीले दिएको जिम्मेवारी विभिन्न पदमा बसेर निर्विवादित रुपमा सम्पन्न गरिसकेका छन् ।
गत वर्षको विनाशकारी महाभूकम्पमा अधिकारीले जिल्ला राहत उद्दार समिति लगायत विभिन्न विदेशी संस्थाहरुसंग समन्वयन गरि राहत वितरण र उद्दारमा धेरै ठूलो भूमिका निभाएका थिए ।
नजिकबाट चिन्नेहरु अधिकारीलाई एक शिक्षित र सफल युवा व्यवसायीका रुपमा पनि लिन्छन् । अबको राजनीति युवाले नै नेतृत्व गर्नुपर्ने मान्यता छ अधिकारीको । राजनीतिमा शिक्षित युवाहरुको खाँचो रहेको अधिकारीको बुझाई छ । अधिकारीले २०४८ सालमा नै नेविसंघको सदस्यता लिएका थिए ।
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम