
लन्डन । भोलि शनिबार (३ सेप्टेम्बर) वेम्ली पार्कमा हुन लागेको १४ औं लन्डन मेलामा लन्डनस्थित नेपाली दूतावास र नेपाल पर्यटन बोर्डको समेत सहभागिता हुने भएको छ । नेपाली कला संस्कृति एवं पर्यटन प्रवर्धन गर्ने उद्देश्यले दूतावास र बोर्डको सहभागिता हुन लागेको कार्यवहाक राजदूत शरदराज आरनले जानकारी दिए । दूतावासले बेग्लै स्टल राखेर त्यहांबाट नेपाल पर्यटन प्रवर्धनात्मक सामाग्री वितरण गरिने पनि अरनले बताए । यसका लागि नेपाल पर्यटन बोर्डका बेलायत प्रतिनिधि पशुपति भण्डारीले सहकार्य गरिरहेका छन् । मेलामा नेपाली गीत संगीत र नाच गरि तीनवटा प्रस्तुति समेत हुनेछ । दूतावासले मेलामा सहभागी भएर आफ्नो अभियानमा साथ दिन सबैमा आग्रह गरेको छ ।
सन् २०१० देखि नै दूतावास लन्डन मेलामा प्रत्यक्ष सहभागी हुंदै आएको छ । मेलामा विगत जस्तै यसपटक पनि प्रथम नौमति बाजा गुल्मी यूकेले आफ्नो प्रस्तुति दिने कार्यक्रम छ । दिउसो ब्रेन्ट मेयर काउन्सिलर परवेज अहमेदले ब्रेन्ट सिभिक सेन्टरमा दिन लागेको रिसेप्सनमा कार्यवहाक राजदूतसहित नेपाली समुदायका विशिष्ठ व्यक्तित्वलाई निम्त्याइएको छ । सो अवसरमा लन्डन मेयर सादिक खानले समेत मन्तव्य दिने कार्यक्रम छ ।
विगतमा गनर्सबरी पार्कमा हुंदै आएको जि लन्डन मेला यसपटक वेम्ली पार्कमा हुने लागेको हो । १२ देखि सांझ ७ बजेसम्म हुने उक्त मेलामा प्रवेश निशुल्क गरिएको छ र यसमा करिब ४० हजार दर्शक सहभागी हुने अपेक्षा छ । दक्षिण एसियाली संस्कृति झल्काउने उक्त मेलामा गीत संगीत, खाना र कलाको समेत समिश्रण रहनेछ ।
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई