लण्डन । युकेमा बसोबासरत पाल्पालीहरुको समर भेला शनिबार अल्डरसटमा सम्पन्न भएको छ ।
पाल्पाली भन्ज्याङ युकेको आयोजनामा भएको सो भेलाको प्रमुख अतिथि बेलायतका लागि कार्यबाहक नेपाली राजदूत शरदराज आरन थिए । आयोजक संस्थाका अध्यक्ष बम थापा सूर्यवंशी मगरको अध्यक्षतामा भएको सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि आरनले बेलायतमा बस्ने पाल्पालीहरुलाई यहाँ सिकेको सीप पाल्पामा लैजान आग्रह गरे ।
कार्यक्रममा लेफ्टिनेण्ट कर्णेल यमबहादुर राना, नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङ्गीमगर, गोरखाली समाजका उपाध्यक्ष कर्ण दर्लामीमगर, तनहुँ समाजका अध्यक्ष लेख गुरुङले सम्बोधन गरेका थिए । सचिव गोविन्द कन्वारले संचालन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष वाचस्पति रेग्मीले स्वागत मन्तब्य व्यक्त गरेका थिए । सो कार्यक्रममा विभिन्न परीक्षाहरुमा सफलता प्राप्त गर्ने सुनिल खाम्चा, सुशील थापा, युमना थापा, नसिव श्रेष्ठ, सपना श्रेष्ठ, कोमल राना र लीना थापालाई सम्मान गरिएको थियो ।
संस्थाका पूर्व अध्यक्षहरु श्यामसिंह राना, उदय कुँवर र ऋखिराम रानालाई संरक्षक घोषणा गरिएको थियो । यस्तै सल्लाहकार र ट्रष्टिजहरुलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा युकेमा रहेका पाल्पाका स्थानीय कलाकारले गीत र नृत्य प्रस्तुत गरेपछि कलाकारहरु बिरु लामा, जुना श्रीश, सबु थापाले मनोरञ्जन गराएका थिए ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा