लन्डन । क्षेत्री समाज यूके वेम्ली शाखाले फूलपातीको सांझ एक दशैं कार्यक्रम गरेको छ ।
वेम्लीस्थित वेम्ली तन्दुरी रेष्टुरेन्टमा भरत रोका क्षेत्रीको संयोजनमा कार्यक्रम भएको हो । उक्त अवसरमा सहभागीले एकापसमा दशैं शुभकामना आदानप्रदान, नाचगान र टिपिकल नेपाली खानाबाट मनोरञ्जन लिए ।
दशैं कार्यक्रममा क्षेत्री समाज यूकेका संरक्षक धु्रव केसी, क्षेत्री समाज यूके अध्यक्ष प्रेम खड्का, क्षेत्री समाज यूके संस्थापक अध्यक्ष एवं सल्लाहकार कृष्ण अधिकारी लगायतले दशैं शुभकामना मन्तव्य दिंदै उल्लासमय वातावरणमा चाड मनाउन अपिल गरेका थिए । प्रवासमा समेत दशैं पर्व हर्षोल्लासका साथ मनाइनुको सांस्कृतिक महत्वबारे पनि उनीहरुले प्रकाश पारे । संक्षिप्त परिचय दिने क्रममा सहभागी सबैले दशैं शुभकामनासहित आ आफ्नो लन्डन बसाइ र समाजमा संस्थाको योगदानबारे चर्चा गरेका थिए ।
उक्त अवसरमा सहभागीले रेष्टुरेन्टमा स्थापित दुर्गा माताको पूजा गरि स्वदेशकै दशैं स्मरण गरे । कार्यक्रममा पत्रकार रन्जित बस्नेतले डिजेको भूमिका निर्वाह गरेका थिए ।
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता