
अङ्कारा, ९ साउन । गत हप्ता टर्कीमा भएको असफल सैनिक ‘कू’को प्रयासपछि टर्की राष्ट्रपतीय सुरक्षा दस्ता भङ्ग गरिएको समाचार छ ।
करिब दुई हजार पाँच सय सैनिकको सहभागीता रहेको सो दस्तालाई असफल सैनिक कू प्रयासमा सघाएको आरोप लागेको छ ।
सत्ता हत्याउने प्रयासमा लागेका आरोपमा सो दस्तामा करिब तीन सय सैनिक पक्राउ परेका छन ।
टर्कीका प्रधानमन्त्रीले करिब दुई हजार पाँच सय सैनिक रहेको सो दस्ताको आवश्यकता नरहेको एक टेलिभिजन च्यानलमार्फत बताउनुभएको छ ।
तेह्र वर्षदेखि सत्तामा रहनुभएका टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानलाई सत्ताच्यूत गर्ने उद्देश्यका साथ राष्ट्रपति विदामा रहेको बेला कू’ प्रयास भएको थियो ।
टर्कीमा अचानक भएको असफल सैनिक कूपछि लाखौँ मानिस कुनै न कुनै प्रकारले प्रभावित भएका छन् । विद्रोहमा सहभागी भएको आरोपमा हजारौँ मानिस पक्राउ परेका छन् भने हजारौंले जागिरबाट हात धुनुपरेको छ ।
सत्ता परिवर्तन गर्ने असफल प्रयासपछि टर्कीमा विभिन्न क्षेत्रमा कार्यरत रहेका १३ हजारभन्दा बढी व्यक्ति पक्राउ परेका छन् ।
पछिल्लो अनुमानित तथ्याङ्कअनुसार यसघटनापछि पक्राउ र जागिरबाट हटाइएका व्यक्तिहरु लगभग ५० हजार पुगेका छन् ।
यस असफल कू प्रयासबाट १४५ सर्वसाधारण, ६० प्रहरी, तीन सेना र १०४ विद्रोही योजनाकार गरी ३१२ जना मारिएको टर्की सरकारले दाबी गरेको छ ।
कोरियाबाट फर्किएका नेपाली कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग
इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
इरानले शान्ति प्रस्ताव अस्वीकार गरे पुनः आक्रमण गर्ने अमेरिकाको चेतावनी
लन्डनमा गुञ्जियो नेपाली हिपहप
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान