
काठमाडौँ, २९ असार । नेपाली काँग्रेसले नयाँ सरकार गठनका लागि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सँग भएको सहमतिलाई अनुमोदन गरेको छ ।
नयाँबानेश्वरस्थित संसद् भवनमा आज बसेको काँग्रेस केन्द्रीय समिति बैठकले माओवादी केन्द्रसँग भएको सहमतिलाई सर्वसम्मतले अनुमोदन गरेको नेता दिलेन्द्रप्रसाद बडूले जानकारी दिनुभयो ।
मङ्गलबार माओवादी केन्द्रले वर्तमान सरकारबाट समर्थन फिर्ता लिएपछिको बदलिंदो राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न काँग्रेसले बैठक बोलाएको थियो ।
काँग्रेसले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा संयुक्त सरकार गठन गरी अघि बढ्ने सहमति गरेको थियो ।
बैठकमा नयाँ सत्ता गठबन्धनका बारेमा काँग्रेस र माओवादी केन्द्रबीच भएको सात बुँदे सहमतिका सम्बन्धमा केही नेताले पार्टीमा छलफल नगरी अघि बढाएको भन्दै सभापतिसँग असन्तुष्टि व्यक्त गरेका थिए ।
समर्थन फिर्तापछि वर्तमान सरकार अल्पमतमा परेकाले प्रधानमन्त्री केपी शर्मा ओलीसामु राजीनामा गर्नुपर्ने, विश्वासको मत लिनुपर्ने र अविश्वास प्रस्तावको सामना गर्नुपर्ने विकल्प रहेको बैठकमा छलफल भएको थियो ।
तीनै विकल्पमध्ये राजीनामा नै उत्तम विकल्प रहेको बैठकले निर्णय गरेको उहाँले बताउनुभयो । बैठकले प्रधानमन्त्री ओलीले राजीनामा गर्न ढिला गरे अविश्वासको प्रस्तावको सामना गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
पार्टीले नयाँ बन्ने समीकरणले संविधान कार्यान्वयनका लागि असन्तुष्ट पक्षसँग वार्ता गर्ने, शान्ति प्रक्रियाका बाँकी काम सहमतिका आधारमा टुङ्ग््याउने, कालोबजारी, अभाव, महँगी अन्त्य गरी सुशासन कायम गर्नेलगायत काम अघि बढाउने निर्णय गरेको नेता बडूले बताउनुभयो ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]