
लण्डन । पूर्व सहमतिअनुसार एनआरएनए युकेका अध्यक्ष योगेन क्षेत्रीले पद हस्तान्तरण नगरेपछि सहअध्यक्ष महेन्द्र कँडेलले आजदेखि आफूले कार्यकारी अधिकार लिएको घोषणा गरेका छन् ।
गतवर्ष दुई ध्रुवमा विभाजित एनआरएनए युकेलाई एकतावद्ध बनाउन दुवै पक्षको सहमति र प्रवुद्ध व्यक्तित्वहरुको उपस्थितिमा एक आपसमा एक/एकवर्ष चलाउने सहमति गरिएको थियो ।
जसअनुसार २९ सेप्टेम्बर २०१३ देखि आजसम्म योगेन क्षेत्रीले कार्यकारी अध्यक्ष र महेन्द्र कँडेलले सहअध्यक्ष तथा आजदेखि कँडेलले कार्यकारी अध्यक्ष र क्षेत्रीले सहअध्यक्षको कार्यभार सम्हाल्ने उल्लेख थियो ।
लण्डनको गोल्डेनसिप रेस्टुरेन्टमा आयोजना गरिएको एक कार्यक्रममा कँडेलले सहमतिअनुसार आजदेखि आफू एनआरएन युकेको कार्यकारी अध्यक्ष भएको घोषणा गरेका छन् । जिम्मेवारी लिएपछि उनले अक्टोबर १२ मा घोषणा सभा आयोजना गरिएको जानकारी पनि दिए ।
उनले एनआरएन एक स्थापित संस्था भएको र यहाँ योगेन, महेन्द्र केही होइनन् भन्दै यसलाई एकतावद्ध गरेर लैजाने प्रतिवद्धता पनि व्यक्त गरे । एनआरएन केही व्यक्तिहरुको क्लव भएको गुनासो आइरहेको उल्लेख गर्दै उनले यसको संरचनामा परिवर्तन गरी सर्वसाधारणको संस्था बनाउने वचन दिए ।
उता क्षेत्रीले भने कसैले आफैँले आफैँलाई अध्यक्ष घोषणा गर्दैमा त्यसले वैधानिकता नपाउने जिकिर गरे । एनआरएन आइसीसीका अध्यक्ष शेष घलेलाई आज इमेल गर्ने र त्यसको जवाफको आधारमा आफूले निर्णय लिने पनि उनले जानकारी दिए ।
विगतको सहमति अनुसार नै बितेको एक वर्ष कार्यसम्पादन गरेका क्षेत्रीले त्यही सहमतिलाई मानेर किन पद हस्तान्तरण गर्नु भएन भन्ने प्रश्नको जवाफमा भने, सबैले सहमतिको उल्लंघन गरेका छन्, सहमतिको कानुनी आधारमाथि प्रश्न उठेको छ । त्यस्तो अवस्थामा मैले किन सहमति मान्ने ?
कँडेल पक्षले आयोजना गरेको कार्यक्रममा विगतमा क्षेत्री समूहमा रहेका कोषाध्यक्ष डासुराम पाण्डे र सदस्य फडिन्द्र भट्टराई तथा आइसीसी सदस्य विजन भट्ट उपस्थित थिए ।
कार्यक्रममा एनआरएनए युकेका संरक्षक तथा गत वर्षको सहमतिका मस्यौदाकार प्रोफेसर डा. सूर्य सुवेदी बेलायतबाहिर रहेका कारण उपस्थित थिएनन् । उनले संयुक्त राष्ट्र संघको कामका कारण आफू जेनेभामा रहेको बताउँदै इमेलबाट कँडेललाई शुभकामना पठाएका थिए । सो शुभकामना पत्र कार्यक्रममा सुनाइएको थियो ।
त्यस्तै, एनआरएन आइसीसीका निवर्तमान अध्यक्ष जीवा लामिछानेको पनि शुभकामना पत्र वाचन गरिएको थियो । उता क्षेत्रीले भने लामिछानेको पत्रको असलियतमा शङ्का व्यक्त गरेका छन् । संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले भने टेलिफोनबाट शुभकामना दिएको जानकारी दिइएको थियो ।
कार्यक्रममा बुद्धिजीवी डा. चन्द्र लक्सम्बा, पत्रकार चण्डिराज राई, नेपाली काँग्रेस महासमिति सदस्य विज्ञान प्रसाई, नेपाल भूतपूर्व गोरखा सैनिक संघका भोजप्रसाद गुरुङ, तमुधिँ युकेका पूर्व अध्यक्ष सुवसिंह गुरुङ, प्रगतिशील नेपाली समाजका विनोद ज्ञवाली, नेपाल पत्रकार महासंघ युके शाखाका अध्यक्ष चिरन शर्मा, यति नेपलिज एसोसिएसन, युकेका अध्यक्ष उमेश मोक्तान, व्यवसायी राजन कँडेल, पत्रकार शिव भण्डारी, नेपलिज बिजनेस एसोसिएसनका अध्यक्ष नरेन्द्र कँडेल, आदिवासी जनजाति पत्रकार महासंघ, युकेका अध्यक्ष किरण थेबे लगायतले कँडेललाई कार्यकाल सफलताका लागि शुभकामना दिएका थिए ।
कार्यक्रम कँडेल पक्षका महासचिव राजकुमार त्रिपाठीले चलाएका थिए ।
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
बेलायतवासी कवि दाहालको नयाँ कृति ‘एक अस्तित्व आलाप’ सार्वजनिक
तिहार र भैलो, सामाजिक रूपान्तरणको खोजी
हमासद्वारा इजरायलमा मारिएका विपिन जोशीको शव नेपाल ल्याइयो
नेपाली साहित्य विकास परिषद् यूकेले विभिन्न कार्यक्रमसहित मनायो ११६औं लक्ष्मीप्रसाद देवकोटा जयन्ती
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
यौन सम्बन्ध राख्दा ‘जन्मसिद्ध अधिकारजस्तो व्यवहार’ गरेको बेलायतका राजकुमार एन्ड्र्युमाथि आरोप
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतसहित ११ देशका नेपाली राजदूतलाई फिर्ता बोलाउने नेपाल सरकारको निर्णय
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन