लन्डन । आइतबार एल्थाम प्यालेसमा आयोजित ग्रीनवीच वर्ल्ड कल्चरल फेस्टिभलमा नेपाली कला संस्कृतिले प्राथमिकता पाएको छ । स्किल्स् एण्ड केयर परफर्मिङ आर्टस् सेन्टरबाट नेपालको प्रतिनिधित्व गर्दै नेपाली कला संस्कृति झल्कने चारवटा नृत्य प्रस्तुत गरिएको हो ।
उक्त अवसरमा १२ जना बालबालिकाले तीनवटा सामूहिक नृत्य देखाए । नृत्य प्रशिक्षक एवं कोरियोग्राफर सिम्मी पुनका अनुसार, बालबालिकाले समूहगत रुपमा डांफे झैं नाच्ने हिमाल झैं हास्ने, कम्मर माथि पटुकी र हिमालले ढाक्यो कान्छा…गीतमा नाच देखाएका थिए ।
कोरियोग्राफर सिम्मी आफूले पनि मै राम्री हुन के गरुं मैले…बोलको गीतमा नाचेकी थिइन् । विभिन्न समुदाय सहभागी उक्त महोत्सवमा नेपाली कला संस्कृति देखाउन पाएकामा सिम्मी दंग छिन् ।
स्किल्स् एण्ड केयर परफर्मिङ आर्टस् को ग्रीनवीच फेस्टिबलमा तेश्रो सहभागिता हो । यसअघि उक्त संस्थाले प्लमस्टिड मेक मेरी र मुभिङ उलवीच महोत्सवमा समेत सहभागिता जनाएको थियो ।
महोत्सवमा नेपाल पर्यटन बोर्ड यूकेले पनि नेपालको पर्यटनबारे प्रचार प्रसार गरेको थियो । उक्त अवसरमा पर्यटन बोर्डका यूके प्रतिनिधि पशुपति भण्डारी, व्यवसायी यादव भण्डारी लगायतले पर्यटन प्रवर्धन र जुलाई १९ मा लर्डसमा हुन गइरहेको एमसीसी भर्सेज नेपाल क्रिकेट खेलबारे प्रचार प्रसार गरेका थिए । बोर्डका यूके प्रतिनिधि भण्डारीले नेपालको पर्यटनबारे आगन्तुकहरुलाई अवगत गराएका थिए । स्किल्स एण्ड केयरका फत्त थापा र सोनिया थापाले पनि कार्यक्रममा योगदान गरेका थिए ।
उक्त अवसरमा भूपू गोर्खाहरुले पनि आफ्नो प्रस्तुति दिए ।
ग्रीनवीच बरो काउन्सिलमा नेपालीको उल्लेख्य बसोवास छ । एक तथ्यांक अनुसार, ग्रीनवीचमा अंग्रेजी पछि बढि बोलिने भाषा नेपाली हो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा