लण्डन । बेलायतस्थित नेपाली दूतावासले आइतबार आफ्नै भवनमा राखेको ‘बडा दशैँ शुभकामना आदान प्रदान कार्यक्रम २०७१’ मा न्यून नेपाली सहभागी भएका छन् ।
कार्यक्रममा लण्डनस्थित राजनीतिक दलका प्रतिनिधिहरु, एनआरएनए यूके पदाधिकारीहरु र विभिन्न सामाजिक तथा जातीय संघसंगठनका प्रतिनिधिहरु उपस्थित थिएनन् ।
औपचारिक निम्तो नभएर धेरै नआएको एकथरिको विश्वास छ । कार्यवाहक राजदूत तेजवहादुर क्षेत्रीले दूतावासको अनलाईनमार्फत बेलायतवासी सबै नेपालीलाई बडा दशैंको शुभकामना आदानप्रदान कार्यक्रममा निमन्त्रणा गरेको बताए पनि उपस्थिति भने पातलो रह्यो ।
दूतावासको बडा दशैं कार्यक्रममा न्यून उपस्थिति बारेमा वीनेपालीले राखेको जिज्ञासामा क्षेत्रीले भने, ‘धेरै कार्यक्रम जुधेका र औपचारिक रुपमा कसैलाई निमन्त्रणा नगरेले न्यून उपस्थित भएको हुन सक्छ । हाम्रो परम्परा नै दशैंमा सबैलाई खुल्ला निम्तो दिने छ न कि व्यक्तिगत ।’
कार्यवाहक राजदूत क्षेत्रीले गरेको कार्यको मुक्त कण्ठले प्रसंसा गरेर नथाक्ने राजनीतिक दलका प्रतिनिधिहरु र सामाजिक संघ संगठनका प्रतिनिधिहरु उपस्थित नहुनुलाई सबैले आश्चर्यजनक रुपमा हेरेका छन् ।
कार्यक्रममा सर्वसाधारण चाहिं उत्साहित देखिन्थे । नौमति बाजाको मज्जा लिंदै सहभागीले नाचगान गरेका थिए भने उल्टो साईकल यात्रीहरुको प्रहसन पनि थियो ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल