
लण्डन । सङ्घीय समाजवादी पार्टीको बेलायतस्थित भातृ सँस्था सङ्घीय समाज बेलायतको अध्यक्षमा धर्मबहादुर तामाङ निर्वाचित भएका छन् ।
समाजको प्रथम महाधिवेसनले तामाङको अध्यक्षतामा २९ सदस्सीय नयाँ समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षहरुमा जङ्ग सुनुवार, बालकृष्ण राई, राजेन्द्र खिम्दिङ, देव गुरुङ र बसुन्धरा याख्खा राई चुनिएका छन् । यसैगरी महासचिवमा विश्वासहाङ खेवाहाङ, उपमहासचिवमा कमल राई, सचिवमा जगत गुरुङ र मिलन राई, सहसचिव ईश्वर चाम्लिङ, कोषाध्यक्षमा विमला राई र सहकोषाध्यक्षमा दाबा स्याङबो निर्वाचित भएका छन् ।
समितिको प्रवक्तामा मेजर योगेस राई छानिएका छन् भने सदस्यहरुमा रत्न थापामगर, नरेश काङमाङ राई, चक्र राई, सुमित्रा राई, सन्तवीर नेम्वाङ, अनिता गुरुङ, दशरथ राई, सुशीला बान्तावा र जित पाख्रिन रहेका छन् ।
यसअघिका समाजका अध्यक्ष भगवान चाम्लिङलाई पार्टीको केन्द्रीय सदस्यमा सिफारिस गरिएको छ ।
समाजको महाधिवेसनलाई उद्घाटन गर्न पार्टीका महासचिव राजेन्द्र श्रेष्ठ, उपमहासचिव अजम्बर काङमाङ राई र विदेश विभाग प्रमुख आङकाजी शेर्पा युके आएका थिए ।
महाधिवेसनलाई उद्घाट्न गर्दै महासचिव श्रेष्ठले अाफूहरुको माग जातिय राज्य नभएको प्रष्ट गरे । ‘हाम्रो माग जातिय राज्य होइन बहुराष्ट्रिय राज्य हो’- उनले भने । बहुपहिचानको सङ्घीयता भनेको दक्ष प्रजापतिको टाउको जस्तो मात्र हुने र त्यसो भएमा आफूहरुले विद्रोह गर्ने चेतावनी पनि दिए ।
यसैगरी उपमहासचिव काङमाङले लालीगुराँस र डाँफेका बारेमा बोल्ने देशले आफ्नै देशभित्रका नागरिकलाई नचिन्ने गरेको आरोप लगाए । लाङटाङमा तामाङ भेषभूषा लाएका तामाङको फोटाे बेचेर पर्यटक बोलाएर दाम कमाउने मुलुकले तिनै तामाङ तामाङनीलाई वेवास्ता गरेको जिकिर गरे ।
बेलायतमा गत वर्ष स्थापित समाजको मातहतमा छ वटा क्षेत्रीय समिति बनिसकेको छ ।
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]
इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ