लण्डन । आफ्नो चार वर्षे कार्यकाल पूरा गरी नेपाल फर्कन लागेका बेलायतका लागि नेपालका कार्यबाहक राजदूत तेजबहादुर क्षेत्रीलाई हाइली स्किल्ड नेपाली सोसाइटीले बिदाई गरेको छ ।
सोसाइटी अफ नेप्लिज हाइली स्किल्ड प्रोफेसनल यूकेले हिजो लण्डनस्थित नेपाली दूतावासमा आयोजना गरेको विदाई कार्यक्रममा क्षेत्रीलाई संस्थाका अध्यक्ष डा. तेजेन्द्र फेरालीले आफ्नो संस्थाले गत भूकम्पमा सकृय भूमिका खेलेको संस्मरण गर्दैैआगामी दिनमा पुनर्निर्माणका लागि यूकेमा मात्र होइन संसारभरी छरिएर रहेका व्यवसायिका दक्ष जनशक्तिहरुलाई समेटेर कार्यक्रम ल्याउने बताए ।
उनले भूकम्पपछिको निर्माणका लागि चार क्षेत्रहरु, भूकम्पले भत्किएका संरचनाको पुनर्निर्माण, अन्तर्राष्ट्रिय स्वयंसेवी संस्थालाई पुनर्निर्माणमा सघाउन बाधा अवरोधहरु, महाप्रलयपछिको स्वास्थ्यवस्थामा भएका प्रयास र वर्तमान अवस्था तथा भूकम्पले शिक्षामा पारेको प्रभाव लगायतमा पैरवी गर्ने कार्यक्रम ल्याउने तयारी भएको उनले बताए ।
हाइली स्किल्ड प्रोफेसनल नेपालीहरुले सहयोगको निम्ती ठाउँ खोजेको र सहयोग गर्न तत्पर रहेको सन्देश परराष्ट्र मन्त्रालय तथा सम्वद्ध अधिकारीहरु माझ पुर्याइदिन समेत आग्रह गर्दै डा. फेरालीले राजदूत क्षेत्रीको कार्यकालमा थुप्रै सकारात्मक कामहरु भएको र त्यसमा राजदूत क्षेत्री स्वयंले गर्व गर्ने ठाउँ रहेको वताए ।
त्यसैगरी संस्थाका पूर्व सचिव चन्द्रबहादर कार्की र सल्लाहकार समिर प्याकुरेलले क्षेत्रीको सफल कार्यकालको प्रशंसा गर्दै आगामी दिनमा उत्तरोत्तर प्रगतिको कामना गरे । राजदूत क्षेत्रीलाई संस्थाका कोषाध्यक्ष रामकृष्ण अधिकारीले पुष्पगुच्छा तथा अध्यक्ष डा. फेरालीले मायाको चिनोस्वरुप उपहार प्रदान गरेका थिए । संस्थाका सचिव लेखनाथ खरेलले संचालन गरेको उक्त समारोहमा संस्थाका उपाध्यक्ष दीप गिरी, पूर्व सल्लाहकार लेखनाथ घिमिरे लगायत अन्य सदस्यहरु तथा दूतावासका कर्मचारीहरु बावुकाजी डंगोल, तेजेन्द्र रेग्मी लगायतको उपस्थिति थियो । कार्यक्रममा उपस्थित सवैले विदा हुन लागेका क्षेत्रीसंग हात मिलाउदै भावुक हुँदै उनको सुस्वास्थ्य, समृद्धि र सफलता एवं शुभयात्राको कामना गरेका थिए ।
प्रत्यूत्तरमा क्षेत्रीले आफ्नो पालमा काम केही भएपनि साधन श्रोत तथा जनशक्तिको अभावमा चाहे जति काम गर्न सकिएन भन्दै सोसाइटीको सन्देश सम्वन्धित निकायमा पुरयाउने वचन दिए । साथै यूकेवासी नेपालीहरुको उन्नतिको खबर सुन्न पाउँ भन्दै सोसाइटीले विदाईको आयोजना गरी शुभकामना तथा उपहार प्रदान गरेकोमा हार्दिक धन्यवाद ज्ञापन गरे ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा