लन्डन । लन्डनस्थित नेपाली दूतावासले आफ्नो परम्परा धान्दै यस वर्ष २८ सेप्टेम्बर आइतबार दशैं शुभकामना कार्यक्रम गर्ने भएको छ । दूतावास भवनमा दिउसो एक देखि ५ बजेसम्म हुने उक्त कार्यक्रममा सहभागी हुन दूतावासले यूके, आयरल्याण्ड, माल्टा र आइसल्याण्डमा बसोवास गर्ने सम्पूर्ण नेपालीलाई निमन्त्रणा गरेको छ । अनौपचारिक शुभकामना कार्यक्रमसहित हुने दिवाभोजमा सबैलाई खुल्ला निमन्त्रणा र प्रवेश निःशुल्क छ । वर्षको एकदिन दशैंमा सबैलाई निम्त्याउने दूतावास परम्परा छ ।
कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले आपसी भेटघाट र दशैं शुभकामना आदानप्रदानका लागि कार्यक्रम तय गरिएको जनाए । ‘प्रवासी नेपालीहरुलाई दूतावास आफ्नो घर हो भन्ने अनुभूति दिलाउन कार्यक्रम गरिएको हो’, क्षेत्रीले भने ।
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
नेपाली कांग्रेसको महाधिवेशन पुस २६ देखि २८ गतेसम्म हुने
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
बेलायतमा तमु धीं, तमु समाज, बीसीसी यूकेलगायत संस्था ल्होछार मनाउँदै, कहिले, के छन् कार्यक्रम ?
हङकङमा विशाल आवासीय कम्प्लेक्समा भीषण आगलागी, ४४ जनाको मृत्यु
सुन तस्करी प्रकरण : पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा
लगातारको भारी वर्षापछि श्रीलङ्कामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु
विदेशमा रहेका नेपालीलाई नेपालबाटै स्वास्थ्य परामर्श