
काठमाडौँ, ११ जेठ । नेकपा (एमाले)ले बल्खुस्थित पुरानो पार्टी केन्द्रीय कार्यालयको भवन भत्काउने भएको छ ।
भूकम्पपछि क्षति भएको बल्खुस्थित पुरानो पार्टीको भवन भत्काउने सचिव एव केन्द्रीय प्रचार विभाग प्रमुख योगेश भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
आज पार्टी सचिवालय सचिव प्रदीप ज्ञवालीको संयोजकत्वमा बसेको केन्द्रीय कार्यालय व्यवस्थापन गर्न गठित कार्यदलको बैठकले भूकम्पबाट क्षति भएको बल्खुस्थित पुरानो पार्टी कार्यालयको भवन भत्काउने निर्णय गरेको हो ।
बैठकले भवन भत्काउनका लागि बोलपत्र आह्वानसमेत गरेको छ । विज्ञप्तिमा भवनमा भएको सामग्री लैजानसमेत इच्छुक कम्पनी, संस्था र व्यक्तिलाई सार्वजनिक आह्वानसमेत गरिएको छ । यही १६ गते आइतबार साँझ ५ बजेसम्म बोलकबोलसहित आशयपत्र हालको केन्द्रीय कार्यालयमा धुम्बाराहीमा बुझाउन पनि आह्वान गरिएको छ ।
कार्यदलमा सचिव भट्टराई, आर्थिक विभाग प्रमुख विष्णु रिमाल, कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ र लेखा प्रमुख खेमराज पौडेल सदस्य रहनुभएको छ । बैठकले २०७२ साल वैशाख १२ र २९ गतेको भूकम्पका कारण एमालेको बल्खुस्थित केन्द्रीय कार्यालय क्षति पुगेको थियो ।
भूकम्पले क्षति पुरयाएपछि एमाले मुख्यालय अहिले धुम्बाराहीमा सरेको छ । अहिले पुरानो कार्यालयको परिसरमा सम्पर्क समन्वय कमिटी, पार्टीको मुखपत्र नवयुगको वितरण शाखा र नवयुग छापाखाना मात्र रहेका छन् । साढे चारतले भवन भूकम्पबाट क्षति भएपछि सबै सामान सारिएको थियो ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’