
काठमाडौँ, ११ जेठ । नेकपा (एमाले)ले बल्खुस्थित पुरानो पार्टी केन्द्रीय कार्यालयको भवन भत्काउने भएको छ ।
भूकम्पपछि क्षति भएको बल्खुस्थित पुरानो पार्टीको भवन भत्काउने सचिव एव केन्द्रीय प्रचार विभाग प्रमुख योगेश भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
आज पार्टी सचिवालय सचिव प्रदीप ज्ञवालीको संयोजकत्वमा बसेको केन्द्रीय कार्यालय व्यवस्थापन गर्न गठित कार्यदलको बैठकले भूकम्पबाट क्षति भएको बल्खुस्थित पुरानो पार्टी कार्यालयको भवन भत्काउने निर्णय गरेको हो ।
बैठकले भवन भत्काउनका लागि बोलपत्र आह्वानसमेत गरेको छ । विज्ञप्तिमा भवनमा भएको सामग्री लैजानसमेत इच्छुक कम्पनी, संस्था र व्यक्तिलाई सार्वजनिक आह्वानसमेत गरिएको छ । यही १६ गते आइतबार साँझ ५ बजेसम्म बोलकबोलसहित आशयपत्र हालको केन्द्रीय कार्यालयमा धुम्बाराहीमा बुझाउन पनि आह्वान गरिएको छ ।
कार्यदलमा सचिव भट्टराई, आर्थिक विभाग प्रमुख विष्णु रिमाल, कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ र लेखा प्रमुख खेमराज पौडेल सदस्य रहनुभएको छ । बैठकले २०७२ साल वैशाख १२ र २९ गतेको भूकम्पका कारण एमालेको बल्खुस्थित केन्द्रीय कार्यालय क्षति पुगेको थियो ।
भूकम्पले क्षति पुरयाएपछि एमाले मुख्यालय अहिले धुम्बाराहीमा सरेको छ । अहिले पुरानो कार्यालयको परिसरमा सम्पर्क समन्वय कमिटी, पार्टीको मुखपत्र नवयुगको वितरण शाखा र नवयुग छापाखाना मात्र रहेका छन् । साढे चारतले भवन भूकम्पबाट क्षति भएपछि सबै सामान सारिएको थियो ।
पोखरामा साहित्यकार सुमलकुमार गुरूङको युद्ध उपन्यास ‘कर्मवीर’ लोकार्पण
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण
दक्षिण कोरियाको राजधानी सियोलमा मनाइयो सगरमाथा दिवस
२०८३/८४ को बजेट स्वागतयोग्य, प्रभावकारी कार्यान्वयन गर्न आवश्यक : एनआरएनए
नेपाल सरकारले ल्यायो आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
विचार : सहजताको मूल्य र गोपनीयता
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका