लन्डन । साउथ इष्ट क्षेत्रीय तमुधिं र नेपाली युथ असोसिएसनको संयुक्त आयोजनामा यही १४ मे का दिन ग्रीनवीच कप फुटबल र भलिबल प्रतियोगिता हुने भएको छ । यो बेलायतमै पहिलोपटक अरु प्रतियोगिताभन्दा भिन्न तरिकाले गरिने आयोजकको दाबी छ ।
उलवीचस्थित रोयल आर्टिलरी ब्यारेकको फुटबल मैदानमा सञ्चालन हुने प्रतियोगितामा २० भन्दा बढि फुटबल टोली र ६ भलिबल टोलीको सहभागिता रहने विशिष्ट संयोजक ह्यारी गुरुङले जानकारी दिए ।
प्रतियोगिताको विजेता टोलीले आकर्षक ट्रफी सहित १५०० पाउण्ड नगद प्राप्त गर्नेछ । रोयल ग्रीनवीच एफसी टिम म्यानेजर दिपेन गुरुङका अनुसार खेलाडीहरुको हौसला बढाउने उद्देश्ले क्वार्टर फाइनलिष्टहरुलाई समेत २०० पाउण्ड पुरस्कार दिइनेछ ।
गत वर्षको खेल मंगोलियन भान्जाले जितेको थियो । भलिबल खेलका संयोजक राजन खकुरेलले आयोजक समितिले भव्य तयारीका साथ काम अगाडि बढाइरहेको जानकारी दिए । ग्रीनवीच कप सकिसके पछि
ग्रीनवीच एफसीको आयोजनामा लोटस क्लबमा म्यूजिक फेस्टिवल पनि हुंदैछ ।
कोरियाबाट फर्किएका नेपाली कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग
इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
इरानले शान्ति प्रस्ताव अस्वीकार गरे पुनः आक्रमण गर्ने अमेरिकाको चेतावनी
लन्डनमा गुञ्जियो नेपाली हिपहप
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान