काठमाडौँ, ५ वैशाख । चीनको छेन्दुस्थित सिचुवान विश्वविद्यालयको निमन्त्रणामा प्राज्ञिक आदानप्रदानका लागि नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीको नेतृत्वमा १५ सदस्यीय टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।
एमालेको केन्द्रीय स्कुल विभागले सञ्चालन गर्ने पार्टी स्कुलको कार्यालयसमेत रहेको तुल्लीलाल स्मृति प्रतिष्ठानका पदाधिकारीसहित सो टोली चीन प्रस्थान गरेको हो । गत महिना चीनको औपचारिक भ्रमणका समयमा प्रधानमन्त्री, पार्टी अध्यक्ष एवम् पार्टीका स्कुल विभागका प्रमुख केपी शर्मा ओली पनि सो विश्वविद्यालय पुग्नुभएको थियो ।
एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार दुई देशको बीचमा जनता जनताबीचको संवादको निरन्तरता र पार्टी बीचको सहकार्य तथा शैक्षिक एवम् प्राज्ञिक सहकार्यका लागि सो टोली चीन गएको हो । भ्रमणका समयमा आपसी प्रशिक्षणसम्बन्धी सम्झौता हुने र विश्वविद्यालयका पदाधिकारीलाई नेपाल भ्रमणको निमन्त्रणा दिइने नेता ज्ञवालीले जानकारी दिनुभयो । दस दिनपछि फर्कने टोलीमा माधव पौडेल, कृष्णलाल महर्जन, बाबुराम थापालगायत हुनुहुन्छ ।
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण
दक्षिण कोरियाको राजधानी सियोलमा मनाइयो सगरमाथा दिवस
२०८३/८४ को बजेट स्वागतयोग्य, प्रभावकारी कार्यान्वयन गर्न आवश्यक : एनआरएनए
नेपाल सरकारले ल्यायो आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट
डायस्पोरिक कथासहित जानु काम्बाङको ‘खाम्योक’ उपन्यास आउँदै
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
१३ तस्बिरमा हेर्नुहोस्, बेलायतमा आयोजित २४ औं गोर्खा कप