लन्डन । ब्यस्तताले ‘बोल्ड एण्ड ब्युटीफूल’ नायिका प्रियंका कार्कीको बेलायत बसाइ साता दिन बढि लम्बिएन । छोटो बेलायत भ्रमणमा आउंदा नयां वर्षका तीन कार्यक्रममा नाचेर उनी बुधबार सांझ नेपाल फिरिन् । छक्का पन्जाको छायांकन थाती राखेर हतार हतार लन्डन आएकी प्रियंकाले नेपाल फर्कनुअघि आफ्नो भविष्यको सपना उजागर गरेकी छन् । त्यो रहेछ समाजसेवा ।
उनलाई नेपालका पिछडिएका महिला र बालबालिकाप्रति बढि नै दया रहेछ । ‘सामाजिक काम मेरो प्रमुख अजेन्डामा छ’, कान्तिपुरसंग उनले भनिन्, ‘गरिवी र असहाय बालबालिकाका लागि एउटा नृत्य स्कुल खोल्ने मेरो चाहना छ जहां खर्च धान्न नसक्ने तर प्रतिभा भएकाले निशुल्क नृत्य सिक्न सक्नेछन् ।’
कलाकारको सामाजिक दायित्वप्रति राम्रो हेक्का राखेकी उनले महिला बालबालिकालाई ‘इम्पावर’ गर्ने अठोट समेत गरिन् । ‘फिल्डमै खटिएर भन्दा अन्तर्वार्तामार्फत आवाज उठाउने काम हाम्रो हो’, उनको धारणा छ, ‘बांकी जिम्मेवारी त सरकारको हो नि ।’
आफ्नो नयां फिल्म ‘हाउ फन्नी’ को रिलिज डेट (बैशाख १०) कुरिरहेकी उनले नेपाली सिनेमा उद्योगको भविष्य उज्जवल देखेकी छन् । ‘०७२ मा धेरै उत्कृष्ट फिल्म बने । अब बिस्तारै नराम्रा कलाकार, निर्माता निर्देशक र सिनेमा आफैं फिल्टर हुन थालेका छन्’, प्रियंकाको आत्मविश्वास छ, ‘हामी संक्रमणकालमा रहेपनि कलाकार, हल, स्क्रिप्ट आदिको वर्गीकरणले नयां पुस्तालाई भविष्यमा सजिलो हुनेछ ।’ जीवनमा अन्त केही गर्न नसकेपछि फिल्म लाइनमा लाग्नेको जमात उत्तिकै रहेको दाबी उनको छ ।
यतिखेर बेलायत रहेका नायक दयाहाङ राईसंग मिलेर प्रोडक्सन हाउस खोल्ने योजना बनाइरहेकी उनले अहिले सिनेमा उद्योगको बजार बढ्दै गइरहेको सुनाइन् । ‘मेरो करोड क्लबमा छिरेको पहिलो फिल्म झोलेबाट नै म हिट नायिका भएं’, उनी सम्झिन्छिन्, ‘नेपालमा फिल्म सफल नभइन्जेलसम्म सेलिब्रेटी भइन्न ।’
‘मिस टिन २००५’ बाट रंगीन दुनियामा छिरेकी प्रियंकाले बेलायतमा हुन लागिरहेको मिस यूके नेपाल प्रतियोगिता नवप्रतिभालाई गतिलो प्लेटफर्म हुने जनाइन् । ‘यस्ता प्रतियोगिताले आत्मविश्वास बढ्छ । तर, अरुको नक्कल गरेर होइन आत्मबल लिएर ब्युटी पेजेन्टमा गए सफल भइन्छ’, उनको टिप्स् छ ।
नेपाली समाज डाक्टर, इन्जिनियर भए मात्र पैसा कमाइन्छ भन्ने मानसिकतामा रहेको उल्लेख गर्दै उनले सिनेमा, फेशन, संगीत, डान्स सबैमा उत्तिकै अवसर रहेको बताइन् । ‘मेरो ड्रिम जब मुभिज, फेशन शो, इभेन्ट, म्यूजिक भिडियोमा काम गरेर म कहिल्यै थाक्दिन,’ तर, प्रियंकाको असन्तुष्टि छ, ‘महिलाले बिकिनी, स्वीमसुट लगाए वा ग्ल्यामरस् बने भन्दैमा संस्कार भएन् भनेर मुल्यांकन गर्छ नेपाली समाज । यो तत्काल परिवर्तन पनि हुन सक्दैन । मेरो त पुरै जीवन ‘फाइट’ गरेर बित्छ होला ।’
बर्ष दिनभित्र दुई पटक यूके आइसकेकी प्रियंका अब भने छिट्टै अमेरिका जाने योजनामा छन् । ‘म ६ वर्ष बसेको देश अमेरिकामा सबैले बोलाको बोलाइ छन्, भाइ त्यहीं छ । तर कामले यति व्यस्त भएं कि जानै सकिन’, उनले भनिन्, ‘पहिला विद्यार्थीको रुपमा गएको थिएं, अब नायिकाको रुपमा पहिलोपटक जांदैछु ।’
टि डब्लू वारियरले जित्यो १७औँ यलम्बरहाङ कपको उपाधि
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा पुनः समीर बलामी निर्वाचित
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा