
लन्डन । नेपाली कलाकारले लण्डनमा आफ्ना कला प्रस्तुत गरी भूकम्प पीडितका लागि रु ४२ लाख (२५ हजार पाउण्ड) सङ्कलन गरेका छन् ।
नेपाली साङ्गीतिक इतिहासमा पहिलो पटक लण्डनस्थित विश्वकै प्रसिद्ध रोयल एल्बर्ट हलमा सन् २०१५, जुन २८ तारिखमा आयोजित एन इभिनिङ फर गोर्खा नामक साङ्गीतिक कार्यक्रममा सो रकम सङ्कलन गरिएको हो ।
कलाकारहरु दीप श्रेष्ठ, ओमविक्रम विष्ट, योगेश्वर अमात्य, जेम्स प्रधान, दीपक थापा, सञ्जीव बराइली, अमुल कार्कीलगायतको टोलीले सो कार्यक्रम आयोजना गरी रकम सङ्कलन गरेको काठमाण्डूमा आयोजित एक कार्यक्रममा जानकारी गराइयो । सो अवसरमा कलाकारहरुले आ–आफनो गायन प्रस्तुत गर्दै बेलायतमा नेपालका शुभेच्छुकहरुले ठुलो सहयोग गरेको चर्चा गरेका थिए ।
राससका अनुसार, सङ्कलित रकम चाँडै नै गोरखा जिल्लामा भूकम्पले क्षति पुरयाएको विद्यालयलाई सहयोग गर्ने सो कार्यक्रमका संयोजक प्रभात रिमालले बताए ।
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान