
लन्डन । नेपाली कलाकारले लण्डनमा आफ्ना कला प्रस्तुत गरी भूकम्प पीडितका लागि रु ४२ लाख (२५ हजार पाउण्ड) सङ्कलन गरेका छन् ।
नेपाली साङ्गीतिक इतिहासमा पहिलो पटक लण्डनस्थित विश्वकै प्रसिद्ध रोयल एल्बर्ट हलमा सन् २०१५, जुन २८ तारिखमा आयोजित एन इभिनिङ फर गोर्खा नामक साङ्गीतिक कार्यक्रममा सो रकम सङ्कलन गरिएको हो ।
कलाकारहरु दीप श्रेष्ठ, ओमविक्रम विष्ट, योगेश्वर अमात्य, जेम्स प्रधान, दीपक थापा, सञ्जीव बराइली, अमुल कार्कीलगायतको टोलीले सो कार्यक्रम आयोजना गरी रकम सङ्कलन गरेको काठमाण्डूमा आयोजित एक कार्यक्रममा जानकारी गराइयो । सो अवसरमा कलाकारहरुले आ–आफनो गायन प्रस्तुत गर्दै बेलायतमा नेपालका शुभेच्छुकहरुले ठुलो सहयोग गरेको चर्चा गरेका थिए ।
राससका अनुसार, सङ्कलित रकम चाँडै नै गोरखा जिल्लामा भूकम्पले क्षति पुरयाएको विद्यालयलाई सहयोग गर्ने सो कार्यक्रमका संयोजक प्रभात रिमालले बताए ।
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ