लन्डन । फोक्सटनस्थित दोश्रो गोर्खा रेजिमेन्टमा कार्यरत सैनिक राजन लिम्बुले प्रेमघातमा आधारित के भयो.. बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् ।
निर्माण समूहले अघिल्लो शुक्रवार यू ट्युब मार्फत उक्त भिडियो सार्वजनिक गरेको हो ।
प्रेमघातमा आधारित शब्द रचनालाई गायक राजन लिम्बुले डेब्यु गरेका हुन् भने अल्मोदा राणा उप्रेतीले संगीत भरेका छन् ।
नरेन लिम्बुद्वारा निर्देशित म्यूजिक भिडियोलाई ब्रायन राई र सुदेश गुरुङले खिचेका हुन् भने भिडियोलाई विनय कन्सकारले सम्पादन गरेका छन् । भिडियोमा सिजी थापाको मेकअप र लिड रोलमा मोडेल श्यारन श्रेष्ठको अभिनय छ ।
उक्त गीत ब्रिगेड अफ व्याण्डका रिटायर्ड वारेन्ट अफिसर इन्द्र गुरुङको रेन्वो साउण्ड एण्ड स्टूडियो बेलायतमा रेकर्ड गरिएको हो ।
के भयो मेरो मनलाई आज अचानक के भयो,
हिजो सम्म तिमीलाई खोज्दै थियो ,
तर आज त्यो भावना कता हरायो…
धरान निवासी गायक राजन सांगीतिक क्षेत्रमा बेग्लै सम्भावना बोकेर आएका छन् । अहिलेको आधुनिक परिवेशमा नेपाली सांगीतिक क्षेत्रमा युवा पुस्ता माझ चम्किलो तारा बन्न सक्ने संकेत उनको डेब्यु भिडियोले दिएको छ ।
गायक लिम्बु सानै उमेरदेखि नेपाली गीत संगीतप्रति अत्यन्तै रुचि राख्थे । उनको प्रेरणाको स्रोत आफ्नै घरपरिवार हो ।
गोर्खालीहरू बन्दुक चलाउन मात्र सीपालु नभई सृजनात्मक कार्यमा पनि अगाडि भएको ठान्ने उनी लाहुरे हुनुमा गर्व गर्छन् ।
लाहुरे परिवार भनेको बजारमा सामान किन्ने र घर भित्रमात्रै सिमित हुन्छन् भन्ने सामाजिक धारणालाई गायक लिम्बुको यस प्रयासले गलत सावित गरिदिएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा