लन्डन । फोक्सटनस्थित दोश्रो गोर्खा रेजिमेन्टमा कार्यरत सैनिक राजन लिम्बुले प्रेमघातमा आधारित के भयो.. बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् ।
निर्माण समूहले अघिल्लो शुक्रवार यू ट्युब मार्फत उक्त भिडियो सार्वजनिक गरेको हो ।
प्रेमघातमा आधारित शब्द रचनालाई गायक राजन लिम्बुले डेब्यु गरेका हुन् भने अल्मोदा राणा उप्रेतीले संगीत भरेका छन् ।
नरेन लिम्बुद्वारा निर्देशित म्यूजिक भिडियोलाई ब्रायन राई र सुदेश गुरुङले खिचेका हुन् भने भिडियोलाई विनय कन्सकारले सम्पादन गरेका छन् । भिडियोमा सिजी थापाको मेकअप र लिड रोलमा मोडेल श्यारन श्रेष्ठको अभिनय छ ।
उक्त गीत ब्रिगेड अफ व्याण्डका रिटायर्ड वारेन्ट अफिसर इन्द्र गुरुङको रेन्वो साउण्ड एण्ड स्टूडियो बेलायतमा रेकर्ड गरिएको हो ।
के भयो मेरो मनलाई आज अचानक के भयो,
हिजो सम्म तिमीलाई खोज्दै थियो ,
तर आज त्यो भावना कता हरायो…
धरान निवासी गायक राजन सांगीतिक क्षेत्रमा बेग्लै सम्भावना बोकेर आएका छन् । अहिलेको आधुनिक परिवेशमा नेपाली सांगीतिक क्षेत्रमा युवा पुस्ता माझ चम्किलो तारा बन्न सक्ने संकेत उनको डेब्यु भिडियोले दिएको छ ।
गायक लिम्बु सानै उमेरदेखि नेपाली गीत संगीतप्रति अत्यन्तै रुचि राख्थे । उनको प्रेरणाको स्रोत आफ्नै घरपरिवार हो ।
गोर्खालीहरू बन्दुक चलाउन मात्र सीपालु नभई सृजनात्मक कार्यमा पनि अगाडि भएको ठान्ने उनी लाहुरे हुनुमा गर्व गर्छन् ।
लाहुरे परिवार भनेको बजारमा सामान किन्ने र घर भित्रमात्रै सिमित हुन्छन् भन्ने सामाजिक धारणालाई गायक लिम्बुको यस प्रयासले गलत सावित गरिदिएको छ ।
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
बेलायतमा उत्तर गुरुङ, जीवनारायण बेल्वासे र प्रतिक्षा गुरुङ काउन्सिलर निर्वाचित
नेपाल सरकारले हटायो विदेशस्थित १५ जना अवैतनिक दूत [यस्ता छन्, मन्त्रिपरिषद्को निर्णय]
बेलायतमा मनायो मंगल बुद्ध विहार यूकेले २५७०औँ बुद्ध जयन्ती [तस्बिरहरु]
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
गुल्मी जिल्ला समाज यूकेको अध्यक्षमा मञ्जु भण्डारी खरेल निर्वाचित