केन्ट । लाेकप्रिय गायक शम्भु राईको एकल सांस्कृतिक कार्यक्रम यही मार्च २६ तारिखका दिन फाेल्कस्नमा हुने भएकाे छ ।
फोल्कस्टोनको हकिन्स कम्युनिटी सेन्टरमा हुने साे कार्यक्रमकाे सबै तयारी पूरा भइसकेकाे अायाेजकले जानकारी दिएका छन् ।
कार्यक्रममा गायक राईले नयाँ तथा पुराना गीतहरु प्रस्तुत गर्ने छन् । ‘यो मेरो बेलायतमा पहिलाे एकल कार्यक्रम हुनेछ यसले जीवनमा अर्को खुसी मिलेको छ ‘, गायक राईले भने । नेपालमा नचाउन नपाएका दर्शक तथा श्रोताहरुलाई यसपटक धित मरुन्जेल नचाउने बाचा उनले गरे ।
आलुदम चना, चलेछ बतास सुस्तरी, चिट्ठी तिमिलाई, मोहनी भाकाले जस्ता संयौ गीतहरु एकैचोटी सुन्न र झुम्न पाइने यो सांस्कृतिक कार्यक्रम हेर्न दर्शकहरू लन्डन, फान्ब्रोदेखि समेत आउने आयोजकले बताएका छन् । अघिल्ला पुस्तामाझ लोकप्रिय गायक राई नयाँ पुस्ताबीच पनि उतिकै परिचित र मनपराइएका गायक हुन् |
आयोजकहरुले पैसा कमाउनको निम्ती कार्यक्रम आयोजना नगरिएको जानकारी दिंदै कलाकारको सम्मान र नेपाली सँगीतको संरक्षणको निम्ती कार्यक्रम आयोजना गरिएको भएकाले सक्दो न्युनतम टिकट शुल्क तोकिएको बताए ।
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
बेलायतमा उत्तर गुरुङ, जीवनारायण बेल्वासे र प्रतिक्षा गुरुङ काउन्सिलर निर्वाचित
नेपाल सरकारले हटायो विदेशस्थित १५ जना अवैतनिक दूत [यस्ता छन्, मन्त्रिपरिषद्को निर्णय]
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेलायतमा मनायो मंगल बुद्ध विहार यूकेले २५७०औँ बुद्ध जयन्ती [तस्बिरहरु]
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
गुल्मी जिल्ला समाज यूकेको अध्यक्षमा मञ्जु भण्डारी खरेल निर्वाचित