
बेइजिङ (चीन), २५ फागुन । चिनियाँ जोडीले चाहेजति सन्तान जन्माउन दिने कानुन बनाउने सरकारको योजना तत्कालै नभएको चीनका स्वास्थ्य अधिकारीले मङ्गलबार जनाएका छन् ।
चीनले एक बच्चा नीतिमा परिवर्तन गर्दै सन् २०१६ को जनवरी १६ देखि एक जोडीले दुई सन्तान जन्माउन चाहेमा यसलाई कानुनी रुपमा कुनै व्यवधान सिर्जना नगरिने गरी व्यवस्था गरेको छ ।
यसअघि चीनको शहरी इलाकामा बसोबास गर्ने हरेक जोडीले एक बच्चाभन्दा बढी बच्चा जन्माउन नपाउने ब्यबस्था गर्दै आइएको थियो ।
पछिल्लो समय चीनको एक बच्चा नीतिका कारण यहाँको जनसङ्ख्यामा अनपेक्षित रुपमा कमी हुन थालेपछि दीर्घकालीन असरबारे विचार गर्दै दुई बच्चा जन्माउन पाउने कानुनको व्यवस्था गरेको हो ।
गएको वर्षको अन्त्यसम्म चीनको जनसङ्ख्या एक अर्ब ३७ करोड ५० लाख पुगेको राष्ट्रिय स्वास्थ्य तथा परिवार नियोजन आयोगका निर्देशक ली बिनले बताए ।
हामीले परिवार नियोजन नीतिमा परिवर्तन गर्ने कुनै विशेष समयतालिकाबारे सोचिसकेका छैनौँ, लीले चीनको संसदको वार्षिक बैठकका अवसरमा गरिएको पत्रकार सम्मेलनका क्रममा बताए ।
सावित्राको उपचारका लागि खर्च जुट्यो, रकम सङ्कलन रोक्न आग्रह
अमेरिकामा नयाँ कर लागू
एनआरएनएको १२ औं अन्तर्राष्ट्रिय महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक
धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो [अपडेट]
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
स्कटल्याण्डविरुद्ध नेपालको जित