काठमाडौँ, २० फागुुन । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सभापति पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ ।
पार्टी कार्यालय सानेपामा आज आयोजित उम्मेदवारी घोषणा तथा प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रममा महामन्त्री पदमा नेता अर्जुननरसिंह केसी र कोषाध्यक्षमा चित्रलेखा यादवले उम्मेदवार घोषणा गर्नुभएको छ ।
उहाँहरुको प्रस्तावकमा पूर्वमहामन्त्री केवी गुरुङ र पूर्वकेन्द्रीय सदस्य खुमबहादुर खड्काले समर्थन गर्नुभएको थियो । यसअघि महामन्त्रीका उम्मेदवार केसी केन्द्रीय सदस्य र कोषाध्यक्षका उम्मेदवार यादव पार्टीको कोषाध्यक्ष हुनुहुन्थ्यो ।
आजदेखि सुरु हुने काँग्रेसको ऐतिहासिक १३औँ महाधिवेशनले नयाँ नेतृत्वको चयनसमेत गर्नेछ । वरिष्ठ नेता देउवाले सभापति पदका लागि सहमति हुन्छ कि भनेर हिजोसम्म मैले पर्खेर बसेँ तर सहमति नभएपछि आज आफूले सभापति पदमा उम्मेदवारी दिएको बताउनुभयो ।
उहाँले आफू पार्टी सभापतिमा विजय भएमा एकजना कार्यकर्ताले पनि पार्टी छाड्न नपर्ने चर्चा गर्दै पार्टीलाई एकढिक्का बनाएर लैजाने जानकारी दिनुभयो ।
वरिष्ठ नेता देउवाले पार्टीभित्र एकता नभई भर्खर प्रजातान्त्रिक र बहुदलीय प्रतिस्पर्धाको अभ्यासमा प्रवेश गरेका वामपन्थी पार्टीहरुलाई रुपान्तरण गर्न सकिँदैन भन्नुभयो ।
तीनपटक प्रधानमन्त्री पद सम्हालेका वरिष्ठ नेता देउवाले आफू प्रधानमन्त्री भएका समयमा महिला, बालबालिका, दलित तथा युवा वर्गका क्षेत्रमा धैरै काम गरेको बताउनुभयो ।
यसैगरी महामन्त्री पदका प्रत्याशी केसीले अब देश राजनीतिक ‘सिन्डिकेट’ र विरासतका आधारमा नचल्ने धारणा राख्नुभयो ।
यसैगरी कोषाध्यक्षका प्रत्याशी यादवले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन गुट–उपगुटलाई अन्त्य गरिनुपर्छ भन्नुभयो ।
पूर्वमहामन्त्री गुरुङले काँग्रेसभित्र एकताको सन्देश दिन जरुरी रहेको चर्चा गर्दै पार्टीको नीति तथा कार्यक्रमलाई अध्ययन गरी नयाँ नेतृत्व चयन गर्न आग्रह गर्नुभयो ।
पूर्वकेन्द्रीय सदस्य खड्काले अहिले काँग्रेसका लागि सक्षम र कुशल नेतृत्वको आवश्यकता रहेको बताउनुभयो ।
सावित्राको उपचारका लागि खर्च जुट्यो, रकम सङ्कलन रोक्न आग्रह
अमेरिकामा नयाँ कर लागू
एनआरएनएको १२ औं अन्तर्राष्ट्रिय महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक
धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो [अपडेट]
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान