
काठमाडौँ, १० फागुन । यस साता प्रदर्शनमा आएका तीनवटा नेपाली चलचित्रले आशा गरेअनुरुप सफलता प्राप्त सकिरहेका छैनन् ।
शुक्रबारदेखि राजधानीमा ‘को आफ्नो’, ‘फागु’ र ‘द सोल्जर’ नामक चलचित्र प्रदर्शनीमा रहेका छन् । ‘को आफ्नो’ एउटा कलात्मक चलचित्र हो । यसमा ऋचा शर्माको कुरुप महिलाको चरित्रको भुमिका छ ।
त्यस्तै, ‘द सोल्जर’ जङ्गल यात्रामा आधारित भिडियो चलचित्र हो । यसमा हात्ती हिँडेको समयमा लिइएका खतरनाक दृश्य देखाइएको छ । हालसम्मको प्रदर्शन हेर्दा यी दुवै चलचित्र सुपर फ्लपको श्रेणीमा परेको वितरक गोपाल कायस्थको वताउनुहुन्छ । उहाँ भनुहुन्छ, “यी चलचित्रको लगानी उठ्नु त परको कुरा भयो, सामान्य व्यापारसमेत भएको छैन ।”
त्यसैगरी ‘बाबुसाहेव’पछि करिष्मा मानन्धरको ‘कमव्याक’को रुपमा आएको चलचित्र ‘फागु’मा तराईकी महिलाको कथा छ । यसमा शिल्पा पोखरेलले प्रमुख भुमिका निभाएकी छिन् । फागु पूर्णिमामा लक्षित गरेर आएको करिष्माको महत्वाकांक्षी उक्त चलचित्रले पनि औसत् मात्र व्यापार गर्न सकेको वितरक कायस्थको भनाइ छ ।
अनिल थापाको लेखन तथा निर्देशनमा बनेको ‘को आफ्नो’मा ऋचासँगै राजन खतिवडा, सुवास थापा, मेनुका प्रधानलगायतका कलाकारले अभिनय गरेका छन् ।
त्यस्तै, महेन्द्र बज्राचार्यको निर्माण तथा बिएस बलामीको निर्देशनमा बनेको चलचित्र ‘द सोल्जर’मा दिवस उप्रेती, सुलेमान शङ्कर, जेनिशा केसी, सुनिल थापालगायतका कलाकारले अभिनय गरेका छन् ।
त्यसैगरी करिष्माको निर्माण तथा सम्झना उप्रेती रौतियारको निर्देशनमा तयार भएको चलचित्र ‘फागु’मा शिल्पासँगै राजेश हमाल, गौरी मल्लजस्ता हस्ती पनि चलचित्रमा देख्न सकिन्छ ।
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?