लन्डन । इन्फेन्ट्री तालिम केन्द्र क्याट्रिक ग्यारिजनमा भर्ती भएर आएका नयां नेपाली युवालाई प्रशिक्षण दिने एक गोर्खा ठगी आरोपमा जेल चलान हुने भएका छन् । रोयल गोर्खा राइफल्स्मा कार्यरत कर्पोरल सूर्य प्रकाश हाङ्गम पदको दुरुपयोग गरि प्रशिक्षार्थीहरुबाट गैर कानुनी रकम उठाएको आरोपमा दोषी पाइएका हुन् ।
हाल बेकवीथ ग्रीन फोकस्टोन केन्ट बस्ने ३५ वर्षीय हाङ्गमले गत वर्ष फेब्रुअरी २८, २०१५ देखि मार्च ३१, २०१५ भित्र क्याट्रिक ग्यारिजनबाट १७ जनाबाट १८ हजार १८९ पाउण्ड ९९ पेन्स असुलेका थिए ।
हिजो सोमबार १५ फेब्रुअरीका दिन नर्थएलरटन म्याजिस्ट्रेट कोर्टमा पेश गरिएका उनलाई जेल चलानका लागि आगामी मार्च १४ तारिख सोमबार बिहान १० बजे टिस्साइड क्राउन कोर्ट लगिने स्थानीय दि नर्दन इको न्यूज पोर्टलले जनाएको छ ।
सैनिक प्रवक्ताले उनी मे २०१५ मा आफ्नो युनिट फर्किएको जनाएका छन् । उनी मार्च १४ सम्म जमानतमा थिए ।
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान
मध्यपूर्वमा चर्किएको द्वन्द्वलाई नियन्त्रणमा ल्याउने प्रयासस्वरूप पाकिस्तानमा अमेरिका–इरान वार्ता
बेलायतमा आगामी २४ मेमा २४ औं गोर्खा कप, मुख्य विधामा ३२ टिम दर्ता
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त