रेडिङ । बेलायतको रेडिङमा बसोबास गर्ने नेपालीहरुको संस्था ग्रेटर रेडिङ नेपाली समाज (जीअारएनसीए) को आयोजनामा बिद्याकी देवी सरस्वतीकाे पूजा सम्पन्न भएको छ।
बालिका आध्या भट्टराईले सरस्वती बन्दना गरेर शुरू भएको सो कार्यक्रममा केदार रिमालले सरस्वतीको पूजा गर्नुको साथै सरस्वती दिवसको महत्व बारेमा प्रकाश पार्नु भएको थियो। प्राथमिक तथा माध्यामिक बिद्यालय उमेरका थुप्रै बालबालिकाका साथै नेपालीहरुको उपस्थित रहेको थियो।
नेपालभन्दा टाढा रहेर पनि सरस्वती पूजा गर्न पाएकोमा र विशेष गरी बालबालिकाहरुलाई सरिक गराउन पाएकोमा अभिभावकहरुले प्रशन्नता ब्यक्त गरेका थिए। सो अवसरमा उपस्थित नेपालीहरुले सरस्वती पूजा गर्नुको साथै बालबालिकाहरुलाई गेम पनि खेलाइेको थियो र उनीहरुलाई सरस्वतीको प्रतिक उपहार दिइएको थियो। सरस्वतीको बन्दना संगीतले कार्यक्रमलाई बढो रोचक बनाएको थियो। सरस्वती पूजापछि उपस्थित सबैलाई प्रसाद प्रदान गरिएको थियो।
सुजना पौडेल , निर्मला न्यौपाने, उपासना बस्नेत, सुशिला गुरुङ, रिना शाह, मुना घिमिरेले फल्फूल, मिठाइ तथा हलुवा प्रायोजन गर्नु भएको थियो भने नबिन गुरुङले फोटो तथा भिडियो तथा भरत पौड्याल, सञ्जय दाहाल तथा किरण न्यौपानेले म्युसिकल चेयरमा सहयोग गरेका थिए। ओमकार अधिकारीको संयोजकत्वमा तथा महासचिव नवराज न्यौपानेले सन्चालनले गर्नुभएको सो कार्यक्रममा अध्यक्ष मानबहादुर गुरुङ तथा कार्यसमितिका पदाधिकारीलगायत नेपालीहरुको सहभागिता रहेको थियो।
यसैबीच, ग्रेटर रेडिङ नेपाली समाजको आयोजनामा रेडिङमा नेपाली भाषा कक्षा सन्चालन भएको छ। सरस्वती पूजाको अघिल्लो दिनबाट सुरु भएको सो नेपाली कक्षा ७ वर्षभन्दा बढीका बालबालिकाहरुलाई नेपाली भाषा सिकाइने बताइएको छ। सो अवसरमा संघका अध्यक्ष मानबहादुर गुरुङले नेपाली बालबालिका तथा नेपालीको भलाईका लागि काम गर्न नेपाली समाज पूर्ण रुपमा प्रतिबद्ध रहेको बताउनु भयो। सो अवसरमा चिरन्जिबी पौड्याल, उपाध्यक्ष कृष्ण न्यौपाने तथा कार्यकारी सदस्य ओमकार अधिकारिले पनि नेपाली भाषा कक्षा सन्चालन तथा पाठ्यक्रमका बारेमा प्रकाश पर्नु भएको थियो।
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
जापानकी पहिलो महिला प्रधानमन्त्री साने ताकाइची
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
यौन सम्बन्ध राख्दा ‘जन्मसिद्ध अधिकारजस्तो व्यवहार’ गरेको बेलायतका राजकुमार एन्ड्र्युमाथि आरोप
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतसहित ११ देशका नेपाली राजदूतलाई फिर्ता बोलाउने नेपाल सरकारको निर्णय
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन