लन्डन । प्रणय दिवसका अवसरमा बेलायत केन्ट कलमले विश्व नेपाली साहित्य महासंघको व्यानरमा साहित्यिक तथा सांगीतिक कार्यक्रम गरेको छ । साहित्यकार विजय हितानको संयोजकत्वमा कार्यक्रम भएको हो । कार्यक्रममा उपस्थित साहित्यकारहरुले आ–आफनो सिर्जना प्रस्तुत गरे ।
उक्त कार्यक्रममा मन छुने खालका गीत पनि प्रस्तुत गरियो । १४ फेब्रुअरीमा मनाइने यस दिवसका अवसरमा बेलायत, केन्टका साहित्य एवं संगीत अनुरागीहरुको सहभागितामा पहिलोपटक कार्यक्रम गरिएको हो ।
वातवरणमा दख्खल राख्ने विजय हितान लगायत केन्ट कलमको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा गायक धन गुरुङ, विजय लिम्बु, थिर थापा मगर, गीतकार जानुका राई, शिव राई, संजिव राई पारदर्शी, बाल कलाकार शेखर राई तथा विश्व नेपाली साहित्य महासंघका केन्द्रिय अध्यक्ष विश्वासदीप तिगेलाको सहभागिता थियो ।
कार्यक्रममा गीतकार तथा बांसुरीवादक सुरेन्द्र इग्नामले आफू उपस्थित हुन नसकेकोमा दुःख व्यक्त गर्दै भिडियोमार्फत प्रणय दिवसको शुभकामना पठाएका थिए ।
उक्त कार्यक्रममा त्रिभुवन विश्व विद्यालयबाट साहित्यमा स्नातकोत्तर गरेकी साहित्यकार जानुका राईले बेलायत जस्तो व्यस्त देशमा प्रेम दिवसको अवसरमा विशेष कार्यक्रम गरिएकामा आयोजकलाई धन्यवाद दिंदै प्रवासी भूमिमा साहित्यिक खेती गर्न अहोरात्र खटिने सम्पूर्ण साहित्यकारहरुलाई प्रोत्साहन गर्न जरुरी रहेको बताइन् ।
साहित्यकार विश्वासदीप तिगेलाले स्वागत मन्तव्य दिएको उक्त कार्यक्रममा गीतकार संजिव राई (डाइमण्ड लाहुरे) ले प्रेम दिवसमा आधरित कविता प्रस्तुत गरे ।
रेडियो नेपालमा २०४० सालतिरै स्वर परीक्षा गराएका बेलायतका पहिलो नेपाली काउन्सिलर धन गुरुङ र जिवन लिम्बुले मर्मस्पर्शी गीत प्रस्तुत गर्दा सहभागी भावुक देखिन्थे ।
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान