लन्डन । चर्चित गायक राजेश पायल राई सांगीतिक कार्यक्रमका लागि बेलायत आउन लागेका छन् । “राजेश पायल राई युके टुर” नाम दिइएको सो कार्यक्रममा नेपाली संगीत क्षेत्रमा आधुनिक तथा पार्श्व गायनमा चर्चित गायक राजेशपायल राईको विशेष प्रस्तुति रहने छ भने बेलायतमा रहेका स्थानीय नेपाली प्रतिभाहरुको समेत प्रस्तुति रहने कार्यक्रमका आयोजकहरुले बताएका छन् ।
“मिनी वर्ल्ड टुर” नामक सांगितिक यात्रा लिएर हिंडेका गायक राजेश पायल राई यही फेब्रुवरी १४ तारिख “प्रेम दिवस“ का दिन सांगीतिक कार्यक्रम सके लगत्तै लण्डन आउँदैछन् ।
देशविदेशका कन्सर्टहरुमा अत्यधिक व्यस्त राजेश पायल राई यसअघि सन् २०१२ मा बेलायत आएका थिए । आयोजक गायक गंगाराज राई र बि सि राईको आयोजनामा बेलायतका विभिन्न शहरहरुमा हुन लागेको सांगीतिक कार्यक्रमलाई स्मरणीय बनाउन आयोजकहरु लागिपरेका छन्।
गायक राईका सयौं लोकप्रिय गीतहरु छन् । जसमध्य पछिल्लो समयमा लाखौं श्रोताहरुले रुचाएको नेपाली फ़िल्म “नाईं नभन्नु ल” को शीर्षक गीत “तिमी संगै जिउने मर्ने चाहना छ मेरो……फेरि फेरि फेरि नाईं नभन्नु ल, सिरै फूल सिर्बन्दी , सर सर माया वर वर, दर्शन नमस्ते, भेटैमा भयो सोल्टिनी ज्यू, ” लगायतका सयौं गीतहरु लोकप्रिय भएका छन् ।
गायक राईले फेब्रुअरीको २१ तारिख फार्नबरोको ओकफार्म कम्युनिटी स्कुलको हलमा, फेब्रुअरी २७ तारिख आश्फोर्ड केन्टको दि नर्थ स्कुलको हल र मार्च ५ तारिखमा रेडिङ्ग को वाएरहाउस स्पोर्ट्स हलमा सांगीतिक प्रस्तुति गर्ने आयोजकहरुले जनाएका छन् । बेलायतको कार्यक्रम सकेपछि गायक राई हङ्कङ जाने कार्यक्रम छ ।
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान
मध्यपूर्वमा चर्किएको द्वन्द्वलाई नियन्त्रणमा ल्याउने प्रयासस्वरूप पाकिस्तानमा अमेरिका–इरान वार्ता
बेलायतमा आगामी २४ मेमा २४ औं गोर्खा कप, मुख्य विधामा ३२ टिम दर्ता
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा