लन्डन । चर्चित गायक राजेश पायल राई सांगीतिक कार्यक्रमका लागि बेलायत आउन लागेका छन् । “राजेश पायल राई युके टुर” नाम दिइएको सो कार्यक्रममा नेपाली संगीत क्षेत्रमा आधुनिक तथा पार्श्व गायनमा चर्चित गायक राजेशपायल राईको विशेष प्रस्तुति रहने छ भने बेलायतमा रहेका स्थानीय नेपाली प्रतिभाहरुको समेत प्रस्तुति रहने कार्यक्रमका आयोजकहरुले बताएका छन् ।
“मिनी वर्ल्ड टुर” नामक सांगितिक यात्रा लिएर हिंडेका गायक राजेश पायल राई यही फेब्रुवरी १४ तारिख “प्रेम दिवस“ का दिन सांगीतिक कार्यक्रम सके लगत्तै लण्डन आउँदैछन् ।
देशविदेशका कन्सर्टहरुमा अत्यधिक व्यस्त राजेश पायल राई यसअघि सन् २०१२ मा बेलायत आएका थिए । आयोजक गायक गंगाराज राई र बि सि राईको आयोजनामा बेलायतका विभिन्न शहरहरुमा हुन लागेको सांगीतिक कार्यक्रमलाई स्मरणीय बनाउन आयोजकहरु लागिपरेका छन्।
गायक राईका सयौं लोकप्रिय गीतहरु छन् । जसमध्य पछिल्लो समयमा लाखौं श्रोताहरुले रुचाएको नेपाली फ़िल्म “नाईं नभन्नु ल” को शीर्षक गीत “तिमी संगै जिउने मर्ने चाहना छ मेरो……फेरि फेरि फेरि नाईं नभन्नु ल, सिरै फूल सिर्बन्दी , सर सर माया वर वर, दर्शन नमस्ते, भेटैमा भयो सोल्टिनी ज्यू, ” लगायतका सयौं गीतहरु लोकप्रिय भएका छन् ।
गायक राईले फेब्रुअरीको २१ तारिख फार्नबरोको ओकफार्म कम्युनिटी स्कुलको हलमा, फेब्रुअरी २७ तारिख आश्फोर्ड केन्टको दि नर्थ स्कुलको हल र मार्च ५ तारिखमा रेडिङ्ग को वाएरहाउस स्पोर्ट्स हलमा सांगीतिक प्रस्तुति गर्ने आयोजकहरुले जनाएका छन् । बेलायतको कार्यक्रम सकेपछि गायक राई हङ्कङ जाने कार्यक्रम छ ।
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपाल अमेरिकासँग ४ विकेटले पराजित
गैरआवासीय नेपाली लगानीकर्तालाई समेट्नुपर्नेमा एडीपीको जोड
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो