
काठमाडौँ, १९ माघ । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले नेपालको संविधानको पहिलो संशोधन भइसकेपछि पनि दक्षिणी सीमा नाका नखुलेको विषयमा चासो व्यक्त गर्नुभएको छ ।
अध्यक्ष दाहाललाई भेट्न आज उहाँकै निवास लाजिम्पाट पुग्नुभएका भारतीय राजदूत रणजीत रायलाई नाकामा अवरोध नरहेको भए पनि नखुल्दा समस्या कायम रहेको भन्दै चासो व्यक्त गर्नुभएको हो ।
उहाँले नयाँ संविधानको सहज कार्यान्वयनमा आफूहरु लागेको भन्दै त्यसमा भारतीय पक्षको सकारात्मक सहयोग आवश्यक रहेको बताउनुभयो । भारतले जारी राखेको अघोषित नाकाबन्दी तत्काल अन्त्य गरेर सहज वातावरण तयार पार्न अध्यक्ष दाहालले आग्रह गर्नुभएको उहाँको सचिवालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
सो अवसरमा भारतीय राजदूत रायले सीमामा देखिएको समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभएको थियो ।
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते
जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा विदेशबाट पनि मतदान गर्न मिल्ने
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी